Nepal Purbadhar

 दर्ता गर्न नआए एक सातामा नेपालमा फेसबुक बन्द हुने


काठमाडौं । सरकारले एक साताभित्र नेपालमा दर्ता हुन नआए फेसबुक बन्द गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले दर्ता नभए बन्द गराउने तयारी गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्बी सुब्बा गुरुङले दर्ता हुन नआए एक सातामा नेपालमा फेसबुक बन्द हुने बताए । उनले नेपालबाट पल पलमा मेटालाई पैसा गइरहेकाले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने बताए ।

उनले मेटाले नेपालको जीडीपीभन्दा पनि धेरै आम्दानी गर्ने भन्दै मेटाले घमण्ड गरेको भन्दै मुलुकको स्वाधिनता पैसामाम जोड्न नमिल्ने बताए । नेपालमा अहिलेसम्म टिकटक,भाइबर र वी टक मात्रै दर्ता भएको छ ।

मेटालाई दर्ता हुन आउन सरकारले पटक पटक अनुरोध गरेपनि आएको छैन् ।


Read Previous

 ६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने

Read Next

एचआईडीसीएलका सीईओको पदावधि सकियो, श्वेतपत्र निकालेर बिदा बसे