Nepal Purbadhar

भूकम्पको दश वर्ष यस्तो देखियो लाप्राकको नमूना बस्ती


२०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो ।


 गैरआवासीय नेपाली संघ (एनआरएनए), तत्कालिन राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय वीच वि.सं. २०७३ बैशाख १२ गतेको त्रिपक्षिय सम्झौता अनुसार गोरखा जिल्लाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ । धार्चे गाउँपालिका वडा नं. ४ गुप्सीपाखामा करिव ३२६ रोपनी क्षेत्रफलमा सो लाप्राकीका लागि नमुना बस्ती निर्माण गरिएको हो ।

कुल ६०४ घरधुरी रहेको सो नमुना बस्तीमा ५७३ घर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको हो भने बाँकी नेपाल सरकारको भुकम्प राहतबाट बनेको हो ।


  बस्ती टाढाबाट हेर्दा सुन्दर र आकर्षक देखिए पनि वास्तविकता भने अलि फरक रहेको छ । अव्यवस्थित निर्माण, कच्चा र कमसल निर्माण सामग्रीको प्रयोग र परिवारको संख्या अनुसार घर निकै सानो रहेकाले लाप्राकीहरुको प्राथपमिकतामा पर्दैनन् नमुना बस्तीका घरहरु । ६०४ घर रहेको सो बस्तीमा अहिले ६० परिवार मात्र बस्ने गर्दछन् । एनआरएनएले बस्ती निर्माणमा गरेको बदमासी
प्रस्ट रुपमा देख्न सकिन्छ ।

प्लाष्टिकको झ्याल ढोका, चार जना परिवारको लागि पनि सानो हुने घर, पूर्ण रुपमा निर्माण सम्पन्न नगरिएको प्रस्ट देखिन्छ ।
  अहिले बस्तीमा बसी रहेका परिवारले पनि सो घर बस्न लायकको बनाउन २ लाखदेखि ४ लाखसम्म खर्च गर्नु परेको ४ नं. वडाका अध्यक्ष किसान गुरुङ्गले बताए । काठको झ्यालढोका राख्नेदेखि ढुंगा छाप्न, घरको भित्रि संरचना निर्माण गर्न खर्च गर्नु परेको उनले सुनाए । लाप्राक गाँउ पहिले देखि पहिरोको जोखिममा रहेको भएतापनि स्थानियहरुको खेतीबाली गाँउमै हुनाले पनि नमुना बस्तीमा खासै बस्ने नगरेको गुरुङ्गले बताए ।


Read Previous

सिडेनको कार्यक्रममा पुगेर ऊर्जा मन्त्रीले भने-समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका हुन्छ

Read Next

 ६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने