Nepal Purbadhar

सिडेनको कार्यक्रममा पुगेर ऊर्जा मन्त्रीले भने-समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका हुन्छ


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मुलुकको विकासमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताए । ‘विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्छ ।’

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए । उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गरे ।

बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेपनि १७ हजार बढीले रोजगारी पाउने उनको भनाई छ । उनले मुलुकको विकासका लागि इन्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनियर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताए ।


Read Previous

काठमाडौं टावर प्रकरणमा बालेनको नयाँ खुलासा-कर्मचारीको संलग्नतामा नीतिगत भ्रष्ट्राचार हुँदा महानगरलाई अर्ब क्षति

Read Next

भूकम्पको दश वर्ष यस्तो देखियो लाप्राकको नमूना बस्ती