Nepal Purbadhar

 ६ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा भाग लिन नपाउने


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयको बिहिबार बसेको बैठकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिदमा भाल लिन पाइनेछैन् ।

सेलकम टेक्नोलोजी प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । गोदावरी नगरपालिकाले सिफारिस गरेको आधारमा राखिएको हो ।

विद्या कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

डाइनामिक कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । ग्रेटवाल बिल्डर्स प्रालिलाई १  वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।  भेरी इन्भाइरोमेन्टल सर्भिसेस प्रालि र अद्धैत निर्मार्ण सेवा १ वर्षका लागि कालोसूचीमा परेका हुन् ।

काम लिएर समयमा पूरा नगरेपछि कालोसूचीमा राखिएको हो । 


Read Previous

भूकम्पको दश वर्ष यस्तो देखियो लाप्राकको नमूना बस्ती

Read Next

 दर्ता गर्न नआए एक सातामा नेपालमा फेसबुक बन्द हुने