Nepal Purbadhar

सिडेनले इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन बिहिबार गर्ने, ५०० बढी इन्जिनियरहरु सहभागी हुने  


काठमाडौं । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)ले बिहिबार एक दिने इन्जिनियरहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

ललितपुर स्थित होटल हिमालयमा आयोजना हुने सम्मेलनमा ५०० भन्दा बढी इन्जिनियर, नीति निर्माता, राजनीतिकर्मी, लगानीकर्ता, विद्यार्थी लगायतको सहभागिता रहने छ ।  सिडेनले  ‘बिल्डिङ द फ्युचर: इनोभेसन, रेजिलेन्स र सस्टेनयबल डेभलपमेन्ट’ नामक शिर्षकमा सम्मेलन गर्न लागेको हो ।

 सिडेनका अध्यक्ष इन्जिनियर लक्ष्मण केसीले सम्मेलनमा ५ वटा सत्र हुने बताए ।  उनका अनुसार उद्घाटन र समापन सत्र औपचारिक हुनेछ । तीनवटा सत्र टेक्निकल हुनेछ ।

उद्घाटन सत्रमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह सहभागी हुनेछन् । भने समापन सत्रमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहभागी हुनेछन् ।

३ प्राविधिक शत्रहरुमा खास गरी हाल कायम संस्थाहरुको सबलिकरण र पुर्नसंरचना, ऊर्जा संकट र क्षेत्रीय व्यापार, इन्जिनियरिङ क्षेत्रका विद्यमान समस्या र आवश्यक नितिगत व्यवस्थाहरुबारे विमर्श हुने सम्मेलन आयोजक समितिका संयोजक तथा सिडेन उपाध्यक्ष इन्जिनियर उमेश धितालले बताए । प्राविधिक शत्रहरुमा इन्जिनियर, योजनाविद्, नीति निर्माता तथा राजनीतिज्ञहरुको संयुक्त समुहमा प्रभावकारी छलफल हुने उनले दाबी गरे ।

योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा विश्वनाथ पौडेलले मुख्य वक्ताका रुपमा प्रस्तुतीकरण रहने पहिलो सत्रमा लोकसेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनाली, पुर्व सचिव अर्जुन जंग थापा तथा डा. दिपेश घिमिरे वक्ताका रुपमा रहने छन् । सो शत्र पूर्वाधार निर्माणसँग सम्बन्धित संस्थाहरुको संस्थागत क्षमता अभिवृद्दि, सवलिकरण र पुर्नसंरचनाका आवश्यकता लगायतका बिषयमा केन्द्रित रहने छ ।

ऊर्जा संकट र व्यापारमा केन्द्रित रहने दोस्रो शत्रमा नेपाल विद्युत प्राधिकरणका पुर्व उपप्रबन्ध निर्देशक प्रवल अधिकारी मुख्य वक्ताका रुपमा रहनेछन् । विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक डा. मुकेश काफ्ले, विश्लेषक अरुण कुमार सुवेदी तथा स्वतन्त्र ऊर्जा उत्पादक सुमन जोशी वक्ताका रुपमा हुनेछन् ।

आईटी, परामर्शदाता, निर्माण व्यावसाय लगायतको क्षेत्रका समस्या र समाधानको उपायहरु खोजी गर्ने तेस्रो शत्रमा ती क्षेत्रका छाता संस्थाहरुको तर्फबाट संस्थागत प्रस्तुतीकरण रहनेछ । नेपाली काँग्रेसप्रति शुभेच्छा राख्ने सक्रिय ईन्जिनियरहरुको प्यानलमा ती विषयहरुमाथी छलफल हुनेछ । यसरी तीनवटा सत्रमा उठेका विषय तथा नीतिगत रुपमा गर्नु पर्ने सुधारहरुका विषयमा पार्टी र सरकारको ध्यानाकर्षण गर्ने गरी समापन सत्रमा प्रमुख अतिथि गगन कुमार थापालाई ती सुझावहरु हस्तान्तरण गरिने संयोजक धितालले बताए ।

 सिडेन नेपाली कांग्रेसको थिंक ट्याक संस्था भएको अध्यक्ष केसीको दाबी छ । उनले नेपाली कांग्रेस मार्फत पूर्वाधार क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरुका लागि सुझाव र परामर्श समेत दिनेछ ।


Read Previous

कुलमानको समर्थन गरेपछि ऊर्जा राज्यमन्त्री बर्खास्त

Read Next

विद्युत प्राधिकरणले भन्यो-आइपिएलका कारण भारतले बिजुली दिएन