
काठमाडौं । आइएमई ग्रुप उत्पादनमूलक उद्योगमा प्रवेश गरेको छ ।
सेवा र बैंक तथा वित्तीय संस्था लगानी गरेर उल्लेख प्रगति गरेको आइएमई ग्रुपले सेवामूलक उद्योगमा पनि एग्रेसिभ भएर लगानी थालेको छ । रौतहटमा डेढ अर्ब रुपैयाँ लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग र महोत्तरीमा २ अर्बमा कागज उद्योग खोलेको हो ।
कागज उद्योगको प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बिहिबार उद्घाटन गरेका छन् । प्रयोग भइसकेका थोत्रो कागज पेलेर यो उद्योगले नयाँ कागज तयार पार्छ । महोत्तरीको गौशला-१ इटाटारमा देशको सबैभन्दा ठूलो कागज उद्योग खुलेको हो ।
स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर यो उद्योग संचालन हुनेछ । वार्षिक डेढ लाख टन कागज खपत हुने भएपनि आयातमै भर पर्नुपर्ने अवस्था छ । यो उद्योगले कुल मागको ३० प्रतिशत उत्पादन गर्न सक्छ । नेपाल पल्प एण्ड इन्डस्ट्रिज नामको कम्पनी खोलिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले यो उद्योग खोलेका हुन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिका-६ मा नेपालकै पहिलो फाइबर सिमेन्ट उद्योग खोलिएको छ । जसले एक महिनाभित्र उत्पादन थाल्ने उद्योगी चन्द्र ढकालले भनाई छ ।यसले फाइबर सिमेन्ट मिसाएर फाइबर सिमेन्ट बोर्ड बनाउँछ । जुन आपतकालीन संरचनाहरु बनाउन प्रयोग हुन्छ । यो सस्तो र किफायती समेत भएको ढकालको दाबी छ ।