Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै


काठमाडाैं । सिन्धुपाल्चाेककाे बलेफी नदीमा निर्माण हुन लागेकाे ४६ मेगावाटकाे माथिल्लाे बलेफी जलविद्युत आयाेजनामा वित्तीय स्राेत व्यवस्थापन भएकाे छ । जिल्लाकाे जुगल गाँउपालिकामा बन्ने आयाेजनामा लक्ष्मी सनराइज बैंककाे अगुवाईमा ऋण लगानी जुटेकाे हाे ।

लगानी गर्ने बैंक र आयाेजनाकाे प्रवर्द्धक अपर बलेफी हाइड्रोपावर लिमिटेडबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झाैतामा हस्ताक्षर भएकाे छ । आयाेजनामा लक्ष्मी सनराइज बैंककाे अगुवाईमा कृषि विकास बैंक,नेपाल एसविआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

वित्तीय व्यवस्थापन सम्झाैतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिपकुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई र माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्द्धक बिनीतचन्द्र झा तथा प्रवर्द्धक अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरे ।

 आयाेजनाकाे कूल लागत ९ अर्ब ४३ कराेड रुपैयाँ अनुमान गरिएकाेमा बैंकहरुले गर्ने लगानी ७५ प्रतिशत हाे । सम्झाैता अनुसार अगुवाई गरेकाे लक्ष्मी सनराइज बै‌ंकले  ४ अर्ब ७ कराेड रुपैयाँ प्रोजेक्ट फाइनान्स (टर्म लोन) गर्ने प्रतिबद्धता जनाएकाे छ ।

यस्तै, सहवित्तीयकरणमा सहभागी बैंकहरुमध्ये कृषि विकास बैंकले १ अर्ब ५० कराेड रुपैयाँ, नेपाल एसविआई बैंकले १ अर्ब रुपैयाँ तथा माछापुच्छ्रे बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने सहमती बनेकाे छ । २५ प्रतिशत स्वपुँजी लगानी जुटाइनेछ ।

याे आयाेजनाकाे प्रमुख योजनाकार औद्याेगिक घराना गोल्यान समूह हो । याे आयाेजनामा  गाेल्यान समूह, एचआर गोयल ग्रुप, सिद्धार्थ ग्रुप र उमेश कसजुले मिलेर लगानी गरेका छन् ।आयाेजना निर्माण गर्न प्रवर्द्धक कम्पनीले २०७८ साल साउन ३२ गते विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) समेत गरिसकेकोे छ ।

याे आयोजना निमार्ण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक करिव २७४.८९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । ऊर्जामा आक्रामक ढंगले लगानी गरिरहेकाे गाेल्यान समूहले १४ वटा आयाेजना विकासकाे योजना बनाएको छ । जसमा सन् २०३० सम्म ९०० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।

याे सूचीमा ८ वटा जलविद्युत आयाेजना छन्  । र, यसमा अपर बलेफी हाइड्रोपावर लिमिटेडमार्फत अघि बढेकाे माथिल्लाे बलेफी आयाेजना पनि समावेश छ । त्यस्तै, ६ वटा सौर्य विद्युत आयाेजना पनि छन् । यसले नेपालको नवीकरणीय ऊर्जा पोर्टफोलियोमा विविधता ल्याउने गोल्यान समूहको प्रमुख भुमिकालाई प्रतिनिधित्व गर्नेछ ।


Read Previous

ढल्केबर–लोहारपट्टी प्रसारण लाइन सञ्चालन, विद्युत आपूर्तिमा सुधार हुने

Read Next

नेपाल इन्जिनियर्स एशोसियनको निर्वाचनमा ६ अध्यक्षसहित ११२ को उम्मेदवारी (नामावलीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *