Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बाढीले भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा ठूलो क्षति, १ जनाएकाे ज्यान गयाे


काठमाडौं । भीषण वर्षासँगै आएको बाढीले उत्तरी भोजपुरमा निर्माणाधीन २ जलविद्युत आयोजनामा जन–धनको ठूलो क्षति भएको छ । बुधबार रातिको भीषण वर्षाले खोला थुनिएपछि आरती पावर कम्पनीले निर्माण गरिरहेको १४.५ मेगावाटको अप्पर इर्खुवा खोला र ४.३ मेगावाटको फेदीखोला जलविद्युत आयोजनामा जन–धनको क्षति हुन पुगेको हो ।

पहिरोले थुलुङ (लाहुरे) खोला थुनिएर फुटेपछि एक्कासि ठूलो बाढी आउँदा मध्यराति निर्माणाधीन आयोजनाको संरचना र त्यहाँ कार्यरत कामदारलाई बगाएको छ । बाढीले इर्खुवा आयोजनामा कार्यरत कामदार श्याम चौधरी र रमेश चौधरीलाई बगाएकोमा एक जनाको सव भेटिएको छ । अर्का एक जना अझै बेपत्ता छन् । अर्का कामदार रामकुमार चौधरीलाई करिब १ किमि तल घाइते अवस्था भेटिएको आयोजनाले जनाएको छ ।

घटनामा एक स्थानीय महिलाको समेत मृत्यु भएको खबर छ । बाढीमा बगेर बेपक्ता भएका कामदारको खोजी कार्य भइरहेको आयोजनाले जनाएको छ । बेपत्ताको उद्धारमा स्थानीयबासी, सुरक्षाकमीृ, प्रशासन, स्थानीय पालिका लागिपरेका छन् ।

यस्तै, बाढीले अप्पर इर्खुवा आयोजनामा जडान भएको ५ सय मिटर पाइप तथा कामदारको बसोबासका लागि बनाइएको आवास क्षेत्र तथा आयोजना निर्माणमा उपयोग हुने उपकरण बगाएको छ ।

यसैगरी, फेदीखोलाको करिब ७ सय मिटर पाइप एलाइन्मेन्ट तथा विद्युतगृहको सुरक्षाका लागि बनाएको संरचना एवं आवासका लागि बनाइएका केही घरहरु पनि बगाएको छ । आयोजनाका निर्माण उपकरण, मोटरसाइकल तथा स्टोर गरी राखेका सामान बगाएको आयोजनाले जनाएको छ । केही उपकरण लेदोले समेत पुरिएका छन् ।

बाढीले नागदह आसपासको बस्तीमा पनि ठूलो क्षति पुगेको छ । बाढीले सालुङ्गे पुल तथा स्थानीय क्षेत्रमा सञ्चालित लघुजलविदुत केन्द्रहरूमा पनि क्षति पूर्याएको छ ।


Read Previous

राहुघाट आयोजनाको मुख्य सुरुङ पूरा

Read Next

इप्पान र बीमक संघबीच ‘डी–ट्यारिफ’मा जाने सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *