Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफैँ अगुवाई गरेर निर्माण गर्न २०० मेगावाटसम्मका जलविद्युत आयोजनाको खोजी गरेकाे छ । इन्स्योरेन्स कम्पनीले देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले ऊर्जा उत्पादनमा लगानी गर्न ५० देखि २०० मेगावाटसम्मका जलविद्युत आयोजनामा खोजी गरिरहेको हो ।

इन्स्योरेन्स कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरी अनुमतिपत्र जारी भइसकेका आयोजना खरिद गर्ने प्रक्रियामा रहेको जनाएको छ । इन्स्योरेन्स कम्पनीले आयोजना बिक्री गर्न इच्छुक आयोजनाधनी समक्ष सूचना जारी भएकाे मितिले २१ दिनभित्र आशयपत्र पेश गर्न आग्रह गरेको छ ।

सूचनामा भनिएअनुसार इन्स्योरेन्स कम्पनी ५० देखि २०० मेगावाटसम्मका नदी प्रवाही (आरओआर), अर्धजलाशय (पिआरओआर) र जलाशय जलविद्युत आयोजनाको अनुमतिपत्र खरिद गर्न इच्छुक छ । अनुमतिपत्र बिक्रेताका लागि जलविद्युत आयोजनाको मुख्य सुरुङ बढीमा ८ किलोमिटर हुनुपर्ने तथा विद्युतगृहबाट नेपाल विद्युत प्राधिकरणसम्मको प्रसारण लाइनको दुरी बढीमा २० किलोमिटरसम्म हुनुपर्ने सर्त इन्स्योरेन्स कम्पनीले राखेको छ ।

यस्तै, जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको वा पिपिए हुने प्रक्रियामा रहेको हुनुपर्नेछ । विद्युत विकास विभागबाट आयोजनाको उत्पादन अनुमतिपत्र जारी भइसकेको वा जारी हुने प्रक्रियामा रहेको आयोजना धनीले आशयपत्र दिन सक्ने सूचनामा भनिएको छ । साथै, आयोजनाको नेट हेड पनि बढीमा ६०० मिटरसम्मको हुनुपर्ने सर्त इन्स्योरेन्स कम्पनी जलविद्युत आयोजनाको अनुमितपत्र खरिद गर्न राखेको छ ।

आफ्नो जलविद्युत आयोजना बिक्री गर्न चाहाने इच्छुक व्यक्तिले इन्स्योरेन्स कम्पनीको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा शिलबन्दी आशयपत्र दर्ता गराउन सक्ने पनि सूचनामा भनिएको छ । आशयपत्रमा आयोजनाले अहिलेसम्म लिइसकेको अनुमतिपत्र तथा आयोजनाको अहिलेसम्म भएको प्रगतिको विवरण उल्लेख गर्नुपर्ने इन्स्योरेन्स कम्पनीको सर्त छ ।

साथै, आयोजना बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले आफ्नो आयोजनाको बिक्री मूल्य पनि आशयपत्रमा नै खुलाएको हुनुपर्ने सूचनामा जनाइएको छ । इन्स्योरेन्स कम्पनीको छनोटमा परेको आशयपत्र अन्तर्गतको जलविद्युत आयोजना खरिद वा लगानीका लागि आवश्यक स्वीकृति प्राप्त भएपछि आयोजना धनीसँग साम्झौता गरी तय भएको मूल्य भुक्तानी गर्ने तथा आयोजनाको स्वामित्व हस्तान्तरण गर्ने कार्य गरिने सूचनामा उल्लेख छ ।


Read Previous

‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

Read Next

भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *