Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

विद्युत बक्याैता ७४ लाख नाघेपछि कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटियो   


पर्वत । लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्तीकाे विद्युत लाइन काटिदिकाे हाे ।

नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि लाइन काट्नु परेकाे वितरण केन्द्रले जनाएकाे छ । नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल तिर्न पटक पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले बताए ।

कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा लाइन काट्न थालेको उनले बताए ।  जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधिहरु सकारात्मक भए पनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको उनले बताए ।

विद्युत् प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्माले ७४ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ । कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच ४ वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो ।

सम्झौताअनुसार सडकबत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा –४, ५, ६, ७, ८ र ९ तथा वडा नं २ का केही भागमा सडकबत्ती विस्तार गरिएको छ । झन्डै एक सय ५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार गरिएको थियो ।

गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि ६५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप रहेको छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले बताए ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महसुल भुक्तानी रोकिएको बताए । उनले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको बताए ।

एक साताभित्र महसुल भुक्तानी गर्ने उनले बताए । यति लामो समयसम्म बक्यौता रहेको रकम एक साताभित्र भुक्तानी गर्छौं लाइन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र  विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उनले बताए । उनका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत् महसुल रकम भने नियमित भुक्तानी भइरहेको छ ।


Read Previous

२४ कराेड लागतमा मनहरीमा रजैया दरदरा पुल निर्माण सुरु

Read Next

२ भूमिगत सिँचाइ आयोजना बनेपछि फलेवासका किसानलाई राहत   

Leave a Reply

Your email address will not be published.