काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–२ निर्माणाधीन पाटने खोला पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । खम्पाचे/गोल्मादेवी इन्जिनियरिङ जेभीले निर्माण गरिरहेको पुलको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।
चालू आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी पुलको काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार गाउँपालिकाभित्रको आवागमन सहज बनाउन यो पुल निर्माण भइरहेको हो ।
पुल निर्माण हुँदा वडाका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माण गर्न ४ करोड ५८ लाख रुपैयाँमा कार्यालय र खम्पाचे÷गोल्मादेवी इन्जिनियरिङ जेभीबीच ठेक्का सम्झौता भएको थियो ।