काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
निर्माण व्यवसायीसँग भएकाे छलफलमा अर्थमन्त्री डा. प्रकाशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डा. वैकुण्ठ अर्याल, अर्थसचिव डा कृष्णहरि पुष्कर, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि सहभागी थिए ।
प्रधानमन्त्री दाहालले छलफलमा निर्माण व्यवसायीलाई अहिलेसम्म तिर्नुपर्ने रकम तत्काल भुक्तानीका निम्ति प्रक्रिया थाल्न निर्देशन दिए । प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँ र चालु आवको अहिलेसम्मको ६ अर्ब ३० तत्काल निकासा दिन अर्थमन्त्रीलाई निर्देशन दिएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
निर्माण व्यवसायीलाई उक्त रकम भुक्तानी भएपछि विकासनिर्माणका कामले गति लिने र अर्थतन्त्र चलायमान हुने अपेक्षा छ । अर्थ मन्त्रालयले समयमा रकम भुक्तानी नगरिदिँदा देशभरमा पूर्वाधार निर्माणकाे काम ठप्प जस्तै छ ।