Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ट्रंक/ डेडिकेटेड लाइनकाे विद्युत बक्याैता विवादकाे छानबिन समितिमार्फत गरिने


काठमाडौं। सरकारले लोडसेडिङको समयमा उद्योगी व्यवसायीले उपयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको तिर्न बाँकी विद्युत महसुल बक्यौता विवाद छानबिन गर्न आयोग गठन गर्ने भएको छ । ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता विवाद चर्कँदै गएपछि समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गरिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले समस्या समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाउने निर्णय गरेको छ । लाल संयोगकत्वको छानविन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका र उद्योग मन्त्रालषका सहसचिवलाई सदस्य राखिएको छ ।

समितिले उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी विवादित विद्युत बक्यौताबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने छ ।
बैठकले प्राधिकरणले विद्युत बक्यौता बाँकी रहेका उद्योगको गत पुस ६ देखि काटिएको लाइन जोड्ने निर्णय समेत गरेको छ ।

प्राधिकरणले ७ वर्षदेखि पटक पटक ताकेता गर्दा समेत ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठ्न नसकेपछि गत पुस ६ गतेदेखि उद्योगको लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले अहिलेसम्म २४ उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणका अनुसार उद्योगले ट्रंक लाइन र डेडिकेटेड फिडरको २२ अर्ब २४ करोड रुपैयाँ विद्युत बक्यौता तिर्न बाँकी छ ।


Read Previous

बेनीमा बन्दै ५० करोड लागतकाे नदी नियन्त्रण आयोजना   

Read Next

बगरखोला जलविद्युत आयोजना निर्माणमा स्थानीय अवराेध,स्थान परिवर्तन गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *