Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

देवघाट गाउँपालिकाका ५ गाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच


दमौली। तनहुँको देवघाट गाउँपालिका-४ का ५ गाउँमा विद्युत सेवा विस्तार गरिएकाे छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणाली विस्तार गरी  ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे ।

प्राधिकरण भरतपुर वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत निकालिएकाे फिडरबाट यी गाउँमा विद्युत पुर्याइएकाे देवघाट-४ का वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । उनका अनुसार वितरण प्रणाली विस्तार हुँदा यी गाउँका १३० घरधुरीमा विद्युत पहुँच पुगेकाे छ ।

विद्युत वितरणका लागि मिटर र प्राविधिक सेवा भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्ती र अग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ ।

हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरिया र दुईघरेमा मात्रै विद्युत् पुगेको थियो ।

करिब चार/पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता भए पनि ठेकेदारको लापर्वाहीको कारण बीचमा काम रोखिएको थियो । “म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरुप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ ,” उनले भने ।

उनकाअनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो । तर, स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उनले बताए ।

वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ ।


Read Previous

ग्लोबल आइएमई बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Read Next

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी   

Leave a Reply

Your email address will not be published.