Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो


काठमाडौँ । असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी ९फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३० सुरु हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका लागि अधिकांश स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए । “आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष अग्रवालले भने । फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसेरेनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायतका सयभन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् ।

प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवर्द्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ । पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्राण्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।


Read Previous

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

Read Next

प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुने इप्पान प्रतिनिधिमण्डल चीन प्रस्थान, चिनियाँ लगानीदेखि विद्युत व्यापारका विषयमा छलफल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *