सिन्धुपाल्चोक । वि. सं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०÷१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए । हेलम्बु गाउँपालिकाकालाई आज रकम हस्तान्तरण गरिने बताइएको छ ।