Nepal Purbadhar

अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन सेनाको सहयोग


बाजुरा । पहिरोका कारण दुईमहिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक खुलाउन नेपाली सेना जुटेको छ । सुदूरपश्चिम प्रदेशको गौरवको रुपमा यो सडक रहेको छ ।

दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले मार्तडीबाट कोल्टी आवतजावत गर्न र बडीमालिका नगरपालिका–७ का स्थानीयलाई आवतजावत गर्न समस्या भएपछि सडकको पहिरो पन्छाउन र बाटो मर्मत कार्यमा सेना जुटेको बताए ।

सो सडकखण्डको जिल्लीमा सडकमाथिबाट लगातार पहिरो खस्दा सर्वसाधारणलाई आवतजात गर्न समस्या भएको छ। पहिराका कारण मार्तडी–कोल्टी सडकमा सञ्चालन हुँदै आएका यातायात सेवा समेत ठप्प छन् । सडकमार्ग अवरुद्ध हुँदा सबैभन्दा बढी बिरामीलाई सास्ती भएको छ ।

पहिरो पन्छाउन वडा नं ७ का सर्वसाधारण समेत सहभागी भएका छन् । सडकको छेउछाउमा ‘ग्याविन’ तारसहित पर्खाल लगाउने काम गरिएको छ । पहिरोसँगै सडकमा बग्ने पानीलाई पाइपबाट व्यवस्थापन गरेर अन्यत्र निकासा गरिएको छ । रासस


Read Previous

फक्ताङलुङको माथिल्लो क्षेत्रमा सञ्चारको पहुँच

Read Next

मकवानपुर गढीमा अन्तरिक पर्यटकको घुइँचो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar