Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउदा १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने लक्ष्य राखेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले १० हजार मेगावाट विद्युत खरिद गरिने उल्लेख गरे । नेपालसँग भएको व्यापार सम्झौताले सो लक्ष्य हासिल गर्न सघाउने उनको भनाइ छ ।

यसैबिच आज नै तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमले सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतको उपस्थितिमा आयोजना विकासकर्ता कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएको हो ।

पिडिएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र सतलज विद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले हस्ताक्षर गरे । तल्लो अरुण जलविद्युत् परियोजनाको क्षमता ६६९ मेगावाट छ ।

यसैगरी सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरे ।

आयोजनाको क्षमता ४२६ मेगावाट छ । यो आयोजनाको लागत करिब ६१ अर्ब ८६ करोड रूपैयाँ अनुमान गरिएको छ ।


Read Previous

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

Read Next

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा बथनाहा-विराटनगर कार्गो रेल्वे सेवाको उद्घाटन

Leave a Reply

Your email address will not be published.