काठमाडाैं । सरकारले अबकाे २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट साेमबार संसदमा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश शरण महतले आगामी २ वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने घाेषणा गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणकाे तथ्यांकअनुसार अहिले करिब ९६ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । विद्युत पहुँच नपुगेका दुर्गम ग्रामीण भेगमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरी विद्युत पहुँच पुर्याइने उनले बताए ।
Tags: #बजेट विद्युतीकरण