Nepal Purbadhar

दीपालयमा बृहत लिफ्ट सिँचाइ आयोजना बनाउन सुरु   


डाेटी । डोटीकाे दीपायलमा पहिलो पटक बृहत लिफ्ट सिँचाइ आयोजनाकाे निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारास्थित सेती नदीकाे पानी उपयाेग हुने गरी बृहत लिफ्ट सिँचाइ आयोजनाकाे निर्माण सुरु गरिएकाे हाे ।

लिफ्ट सिँचाइ आयोजना निर्माणपछि सेती नदीको पानी २ सय मिटर उचाइमा लगेर रिजर्भ गरिनेछ । यसरी रिजर्भ गरिएकाे पानीबाट करिब ३ हजार घरधुरीले खेतबारी सिँचाइकाे सुविधा पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाले जनाएकाे छ ।

 याे लिफ्ट सिँचाइ आयोजना सम्पन्न गर्न ६० लाख रुपैयाँ लागत अनुमान गरिएकाे छ । सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरूको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए । याे आयोजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।

दीपायल सिलगढी नगरपालिकाको चालू आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ आयोजना समावेश गरिएको थियो ।


Read Previous

निजी क्षेत्रले १ वर्षमा ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप्याे

Read Next

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब