Nepal Purbadhar

उद्योग, प्रतिस्ठान एवं आयोजना सञ्चालन प्रभावको स्वःअनुगमन प्रतिवेदन बुझाउन विभागको ताकेता


काठमाडौं । सरकारले देशभरका सम्पूर्ण उद्योग, प्रतिस्ठान तथा आयोजनालाई आ–आफ्ना उद्योग तथा आयोजना सञ्चालन गर्दा त्यसबाट वातावरणमा पारिरहेको प्रभावका सम्बन्धमा स्वःअनुगमन प्रतिवेदन बुझाउन ताकेता गरेको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आइतबार सार्वजनिक सूचना जारी गरी उद्योग, प्रतिष्ठान तथा आयोजना सञ्चालन गर्दा वातावरणमा परिरहेको प्रभावको स्वःअनुगमन प्रतिवेदन बुझाउन भनेको हो ।

वातावरण ऐन, २०७६ को दफा १५ मा भएको व्यवस्था अधिकांश उद्योग, प्रतिस्ठान तथा आयोजनाले वातावरणमा पारेको प्रभावको स्वःअनुगमन प्रतिवेदन नियमितरूपमा नबुझाएपछि विभागले ताकेता गरेको हो । वातावरण विभागले सरकारले लागु गरेको वातावरणीय मापदण्ड पालनाको सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन गर्ने तथा वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४५ मा प्रस्तावकले उद्योग, प्रतिस्ठान एवं आयोजना निर्माण तथा सञ्चालन गर्ने चरणमा वातावरणमा परेको प्रभावको विषयमा प्रत्येक ६ महिनामा स्वःअनुगमन गरी प्रतिवेदन सम्बन्धित निकाय वा विभागमा पेश गर्नुपर्ने कानुनी प्रावधान छ ।

यो कानुनी प्रावधानको पालना अधिकांश उद्योग प्रतिस्ठान तथा आयोजनाहरूले पालना नगरेकाले ताकेता गर्नुपरेको विभागको सूचनामा जनाइएको छ । विभागले अब ढिलो नगरी वातावरण संरक्षण नियमावलीको नियम ४५ मा भएको व्यवस्था बमोजिम स्वःअनुगमन गरी प्रतिवेदन तयार गरेर अनिवार्यरूपमा पेश गर्न सूचनामा भनिएको छ । ताकेता गर्दा समेत स्वःअनुगमन प्रतिवेदन बुझाउन उद्योग, प्रतिस्ठान तथा आयोजनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि विभागले दिएको छ ।

Facebook Comments

Read Previous

विश्वव्यापी पानी सङ्कट:वर्षातकाे पानी सदुपयोग गर्ने वैज्ञानिक उपायको खोजीमा जाेड

Read Next

मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणले गति लियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar