Nepal Purbadhar

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच प्रक्रिया शुरू


दमाैली । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले सञ्चालन गरेको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा नापजाँच गरिने भएको छ ।

तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माणका लागि नापजाँच सुरु गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकको विसं २०७६ वैशाख २३ को निर्णयअनुसार आयोजनालाई आवश्यक जग्गा प्राप्त गर्ने कार्यको सिलसिलामा तनहुँका पाँच पालिकामा जग्गा नापजाँच अगाडि बढाउन जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ (१) अनुसार सूचना जारी गरिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न क्षेत्रमा जग्गाको नापजाँच, सर्वेक्षण, साँध छुट्याउने, किला गाड्नेलगायतका काम हुनेछ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा फागुन ११ मा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकले जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय गरेको छ ।

प्रजिअ रिजालले जग्गा प्राप्तिको पहिलो चरणअन्तर्गतको काम सुरु हुन लागेको जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका जग्गा अधिग्रहण गरिनेछ ।

आँबुखैरेनी गाउँपालिका-४ को पुरेवेशीबाट उत्तर, लो¥याङबाट दक्षिण, सिउरेनीबाट उत्तर, वडा नम्बर ४ कै काफलडाँडाबाट उत्तर, वडा नम्बर ५ को लाब्दीबाट दक्षिण, वडा नम्बर ५ कै बगाई नजिक, वडा नम्बर ६ को डाँडागाउँबाट उत्तर, सिरानुखोलाबाट दक्षिण, घोरे गाउँबेंसीबाट उत्तर, ज्यामिरे र छापस्वाराबाट दक्षिण, जलभञ्ज्याङ नजिकैको जग्गा अधिग्रहण गरिनेछ ।

बन्दीपुर गाउँपालिका–६ को बनगिया नजिक, कल्लेरीबाट उत्तर, गाम्पाबाट दक्षिण, बासपानीबाट उत्तर, वडा नम्बर ३ को माथिल्लो हलथुम्का नजिकै कुकुर्दीबाट दक्षिण, वडा नम्बर २ को बेलकुनाबाट दक्षिण, धितालडाँडाबाट उत्तर, व्यास नगरपालिका–१४ को आफ्रेडाँडाबाट उत्तर, ठूडेगैराबाट दक्षिण, वडा नम्बर १३ को बेलभञ्ज्याङ, डाँडाचोकबाट दक्षिण, चारघरेबाट उत्तर, थामेडाँडा नजिकै, लामेटारीबाट दक्षिण, बेलचौताराबाट उत्तर, भड्खालाबाट दक्षिणतर्फको जग्गा अधिग्रहण गरिनेछ ।

साथै ऋषिङ गाउँपालिकाको वडा नम्बर १ को डाँडाखुदी नजिकै बाँझोबाट उत्तर, अङ्गेरीथुम्का नजिकै तल्लो सेटाङबाट उत्तर, वडा नम्बर ६ को धरमपानीबाट उत्तर, ज्यामिरेखानबाट दक्षिण, वडा नम्बर ७ को देउरीपानीबाट उत्तर, वडा नम्बर ७ को बारी लिकन्दीबाट दक्षिण, वडा नम्बर ८ को नयाँ ऋषिङबाट उत्तर, झिरुवासबाट दक्षिण धारुङबाट उत्तर, वडा नम्बर ८ कै धरुम भञ्ज्याङबाट दक्षिणको जग्गा अधिग्रहण गरिनेछ ।

घिरिङ गाउँपालिकाको वडा नम्बर ८ को मोचाबारीबाट दक्षिण गोर्दी र मचाबारीबाट उत्तर, वडा नम्बर ५ को धाकर्दीबाट दक्षिण, बेलभञ्ज्याङबाट पूर्व साभुङ र मानपुरबाट दक्षिण, वडा नम्बर ३ को खिलाबाट दक्षिण, पोखरीछाप र डाँडाथोकबाट दक्षिण, गैराथोक नजिकै, नेवार हटिया नजिकै, सिलिङचोकबाट दक्षिण, वडा नम्बर २ को फलादीबाट दक्षिण, देउरालीबाट उत्तर, दुमकोटबाट उत्तर, वडा नम्बर १ को चङमराङबाट उत्तरतर्फको जग्गा अधिग्रहण गरिनेछ ।


Read Previous

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

Read Next

ऊर्जा मिश्रण सुधार गर्ने लक्ष्यसहित सौर्य ऊर्जा उत्पादकहरुको संस्था दर्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar