Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

ढुङ्गा महँगो भएपछि घर निर्माणमा समस्या


कञ्चनपुर । ढुङगा महँगो भएपछि शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाले घरनिर्माण गर्न पाएका छैनन् । ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीय बासिन्दाले थाँति राखेका हुन । ढुङ्गा पाइने क्षेत्र वातावरण मध्यवर्ती सामुदायिक वनभित्र पर्छ ।

सामुदायिक वनले ढुङ्गाको राजश्व रकममा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन् । ‘पहिला ढुङ्गा सामुदायिक वनबाट ल्याउँदा प्रति ट्र्याक्टरको ट्रलीको रु एक सय ५० मात्रै बुझाउनु पर्दथ्यो’ गौरीदेवी भट्टले भन्नुभयो, ‘अहिले रकम वृद्धि गरेर १ हजार ४ सय रूपैयाँ पुगेको छ, खोलाबाट घरसम्म ढुङ्गा पुग्दाप्रति ट्रली ५ हजार बढी तिर्नु परेको छ, पहिला २ हजार ५ रूपैयाँमै ढुङ्गा घरसम्म्म पुग्ने गरेको थियो ।’

उनले घर निर्माण गर्दा छिमेकीसँग ढुङ्गा र काठ पैँंचो लिएकोमा तिर्न नसकेको बताइन् । ‘सामुदायिक वनमा पालो आएपछि तिर्ने योजना थियो, सामुदायिक वनले सबैमा मूल्य वृद्धि गरेपछि खरिद गर्न सकिएको छैन’ उनले भनिन् । उपभोक्ताले ढुङ्गाको रोयल्टी बापतको रकम तिर्न नसक्ने भएपछि वन क्षेत्रबाट ढुङ्गा ल्याउने कार्य बन्द रहेको सामुदायिक वनका स्थानीय उपभोक्ता कालु सिंह ठुन्नाले बताए ।

‘ढुङगाबाटै घरको जग राख्ने कार्य गरिँदै आएको छ, महँगो भएपछि खरिद गर्ने क्षमता सबैसँग छैन’ उनले भने, ‘ढुङगा महँगो भएपछि सबै उपभोक्ताले किन्न सकेका छैनन्, घर निर्माणका कार्य एक वर्षदेखि ठप्प रहेको छ ।’

घर निर्माणको कार्यसंगै गोरबरग्यास निर्माणको कार्य प्रभावित भएको उनकाे भनाइ रहेको छ । ‘सामुदायिक वन संरक्षण गरी हराभरा बनाएर यहाँसम्म पु¥याएका छौँ’ जगदीश रोकायाले भने,’प्राकृतिक स्रोतसाधन उपभोग गर्नसकेका छैनौँ ।’ सामुदायिक वनका पूर्वध्यक्ष पुष्करबहादुर सिंहले सामुदायिक वनले कार्ययोजना र विधान अनुसार ढुङगा लगायका प्राकृतिक वस्तु उपभोक्तलाई सहज रुपमा उपभोग गर्न दिनुपर्ने बताए ।

आर्थिक रुपमा विपन्न अवस्थाका उपभोक्ताले नदीजन्य पदार्थ खरिद गर्न नसक्दा घर निर्माण गर्नबाट वञ्चित रहदै आएको उनले उल्लेख गरे । ‘चर्को मूल्य तोकेर उपभोक्तालाई मर्कामा पार्न खोजिएको छ’ उनले भने, ‘पहिला जस्तै सहज रुपमा नदीजन्य पदार्थमा उपभोक्ताको पहुँच पु¥याउनुपर्छ ।’ विसं २०७२ देखिनै उपभोक्तालाई दाउरा, काठ सामुदायिक वनले घाट गद्दिबाटै उपलव्ध गराउँदै आएकोमा हाल दाउरा, काठसमेत सामुदायिक वनले उपलव्ध गराउन सकेको छैन, दाहसंस्कार गर्नसमेत सामुदायिक वनसँग दाउरा नहुनु विडम्बना भएको उनकाे भनाइ छ ।

सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले मन्त्रिपरिषद्को बैठकबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा रहेका खोला नालाबाट उपलव्ध गराइदै आएको ढुङगाको मूल्यमा वृद्धि गरिएको बताए । ‘माथिबाटै मूल्य बढाइएको छ’ उनले भने, ‘हामीले उपभोक्तालाई चाहेर पनि सस्तो गर्न सकेका छैनौँ ।’ महँगो नलिने भनेपछि ढुङ्गा आपूर्तिको कार्य ठप्प रहेको उहाँले बताए ।

सामुदायिक वनले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर सेवाप्रवाह गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाका सदस्य बहादुरसिंह थापाले बताए ।  उपभोक्तालाई कुन माध्यबाट सहज रुपमा ढुङ्गा, काठपात, दाउरा उपलव्ध गराउन सकिन्छ त्यसका लागि नीति नियमभित्र रहेर कार्य गर्नुपर्ने उनकाे भनाइ छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी पन्तले ढुङगा, गिट्टी र बालुवाको कर(रोयल्टी)को दायरा बढी भएको गुनासो आएकाले त्यो समस्या समाधान गर्न सामुदायिक वनका पदाधिकारीले नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्नुपर्ने बताइन् ।

‘समन्वय गर्नु प¥यो, करको दर घटाउनका लागि हामी पनि सहयोग गर्छौ ‘ उनले भनिन् । सामुदायिक वनको क्षेत्रफल १ हजार ११ दशमलव ५३ हेक्टर रहेको छ । वनमा १ हजार २ सय उपभोक्ता आवद्ध छन् । रासस


Read Previous

काठमाडौं प्लाजा सर्ने तयारीमा महानगर

Read Next

‘ऊर्जा क्षेत्रको विकासमा बाधक ऐन संशोधन, परिमार्जन तथा नयाँ निर्माण गर्न वर्तमान सरकार गम्भिर छ’

Leave a Reply

Your email address will not be published.