Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

माथिल्लो अरुणमा इन्जिनियरलाई बस्न मालिङ्गाेकाे गोठ बनाएको त्यो क्षण


बि.सं २०४०/४१ सालतिर संखुवासभा जिल्लाको साबिक चेपुवा गाँउ विकास समिति, वडा नम्बर-१ को रुकुमा (हाल भोटखोला गाउँपालिका–२) गाउँमा  ३ जना इन्जिनियर पानीबाट बिजुली निकाल्ने आयोजनाको अध्ययन गर्न भनी काठमाडौंबाट आउनुभएको रहेछ । म साबिक चेपुवा गाउँ विकास समिति, वडा नम्बर-५, दम्दाम गाउँबाट नुन लिन भनेर संखुवासभाको खाँदवारी झर्दै थिएँ ।

मैले बाटो हिँड्दै जाँदा काठमाडौंबाट भाडा–कुँडा बाेकेर गएको टोलीले अरुण नदी किरानाको जंगलमा भात पकाउँदै गरेको देखेँ । त्यो देखेपछि मैले तपाईंहरू कहाँबाट किन आउनु भएको ? भनेर सोधेँ । उनीहरूले अरुण नदीमा बिजुली निकाल्ने आयोजना हेर्न र अध्ययन गर्न आएको तर, बास बस्ने ठाउँ नपाएपछि नदी किनारमा बस्नु परेकाले ठूलो समस्या भएको जवाफ दिए ।

उनीहरू नेपाल विद्युत प्राधिकरणबाट माथिल्लो अरुण जलविद्युत आयोजना अध्ययन गर्न आएका इन्जिनियरहरू रहेछन् । त्यतिबेला गाउँमा मानव बस्ती पातलो थियो । धेरै घरहरू थिएनन् । शेर्पा गाउँ भएकाले नेपाली भाषा बोल्न जान्ने पनि कोही थिएनन् । बि.सं २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य उठेर हारेको र संखुवासभा जिल्लाको धेरै गाउँ डुलिसकेको हुनाले मलाई नेपाली भाषा बोल्न आउँथ्यो ।

काठमाडौंबाट इन्जिनियरहरू बिजुली उत्पादन गर्ने आयोजनाको अध्ययन गर्न आएको भन्ने थाहा पाएपछि मलाई धेरै खुशी लाग्यो । उनीहरूलाई बास बस्न समस्या भएको बुझिसकेपछि मैले मालिङ्गो (निगालो जस्तै देखिने बाँस ) को चोयाले बुनेर बस्ने गोठ एक्लैले बनाइदिएँ । मालिङ्गोको गोठ बनाउन मलाई ३ दिन लाग्यो । यो ३ दिनको बीचमा मैले इन्जिनियरहरूलाई आफ्नो घर लगें । उनीहरू १ दिन मेरै घरमा बसे ।

उनीहरूलाई निगालोको चोयाले बुनेर बस्ने गोठ बनाइदिएपछि म नुन लिन खाँदबारी झरेँ । त्यतिबेला मेरो घरबाट पैदल हिँडेर खाँदबारी पुग्न ५ दिन लाग्थ्यो । म खाँदबारीबाट नुन लिएर घर आइपुग्दा उनीहरू हिँडिसकेका रहेछन् ।

काठमाडौं फर्किएको करिब डेढ वर्षपछि फेरि दोस्रो पटक ५ जनाको टोली दोस्रो पटक संखुवासभा आयो । यो बेला जाडो मौसम थियो । दोस्रो पटक आउँदा उनीहरू सिधै मेरो घरमा आए । टोली ३ दिन मेरो घरमा नै बस्यो ।

३ दिनपछि उनीहरूलाई लिएर म फेरि पहिलो पटक आउँदा बनाइदिएको गोठमा गएँ । जाडो महिना भएकाले मेरो घरबाट नै ओड्ने ओछ्याउने कपडा बोकेर हामी सबै गोठमा पुग्यौँ । यतिबेला निगाले गोठमा १० दिन बस्यौँ । अध्ययन टोलीले ‘माथिबाट ठूलो मान्छे आउन लाग्नु भएको छ, हेलिकप्टर बस्ने ठाउँ बनाउनुपर्छ’ भने ।

मैले त गाउँमा बिजुली उत्पादन हुने आयोजना बनाउन अध्ययन गर्न इन्जिनियरको टोली गाउँमा आउँदा अब बत्ती बल्ने भयो, भन्ने सोचेको थिएँ । तर, त्यसपछिका १२ वर्षजति विद्युत प्राधिकरणबाट कोही प्राविधिक गाउँमा पुगेन । गाउँमा बिजुली उत्पादन हुने आयोजना बन्ने कुरो, बिजुली बाल्ने कुरो सबै हराएर गयो । अरुण नदीमा बिजुली उत्पादन गर्ने आयोजना बन्ने भयो, गाउँमा पनि बिजुली बाल्न पाइने भयो भनेर खुशी भएको म उनीहरू गाउँ आउन छोडेपछि धेरै निराश भएँ । उज्यालोका लागि दियालो र मट्टितेल लाग्ने टुकी बाल्ने गाउँमा बिजुली बल्छ भन्ने कुराले जति खुशी थियौँ । त्यति नै दुखी विद्युत प्राधिकरणका प्राविधिक गाउँमा आउन छोडेपछि भयौं ।

अध्ययन टोलीको आग्रहपछि छथाङमा म एक्लैले झारपात उखेलेर हेलिकप्टर बस्न सक्ने ठाउँ (हेलिप्याड) बनाएँ । हेलिप्याडमा ठाउँ चिन्नका लागि बालुवाले केही सांकेतिक चिन्ह बनाउनु पर्ने रहेछ । मैले त्यो पनि बनाएँ । हेलिकप्टर आयो । मैले झारपात उखेलेर बनाएको हेलिप्याडमा नै हेलिकप्टर बस्यो । बिजुली उत्पादन हुने आयोजनाबारे जाँचबुझ गरेर फर्कियो ।

त्यसपछिका वर्षहरूमा विद्युत प्राधिकरणका इन्जिनिरहरू नियमितरूपमा संखुवासभा आउन थाले । अरुण नदीको माथिल्लो भेटमा बिजुली उत्पादन हुने आयोजना बन्ने भनेपछि रुकुमामा मानव बस्ती बढ्यो । धेरै मानिस आएर बस्न थाले । त्यहाँ गाउँ नै बन्यो । गाउँमा मानव बस्ती बढेपछि भने काठमाडौंबाट आउने इन्जिनियरहरूलाई बास बस्न पनि सहज हुँदै गयो । काठमाडौंबाट आउने इन्जिनियरहरू सधैं मेरै घरमा बास बस्थे । म उनीहरूलाई घरमै फलेको आलु र अन्य तरकारी खुवाउँथेँ । अरु काममा पनि सहयोग गरिरहन्थेँ ।

६ वर्षसम्म माथिल्लो अरुणको अध्ययन गर्न भनेर विद्युत प्राधिकरणको प्राविधिक टोली संखुवासभा गइरहन्थ्यो । तर, त्यसपछि आउने क्रम रोकियो । उनीहरू बेपत्ता भए । मैले त गाउँमा बिजुली उत्पादन हुने आयोजना बनाउन अध्ययन गर्न इन्जिनियरको टोली गाउँमा आउँदा अब बत्ती बल्ने भयो, भन्ने सोचेको थिएँ । तर, त्यसपछिका १२ वर्षजति विद्युत प्राधिकरणबाट कोही प्राविधिक गाउँमा पुगेन । गाउँमा बिजुली उत्पादन हुने आयोजना बन्ने कुरो, बिजुली बाल्ने कुरो सबै हराएर गयो ।

अरुण नदीमा बिजुली उत्पादन गर्ने आयोजना बन्ने भयो, गाउँमा पनि बिजुली बाल्न पाइने भयो भनेर खुशी भएको म उनीहरू गाउँ आउन छोडेपछि धेरै निराश भएँ । उज्यालोका लागि दियालो र मट्टितेल लाग्ने टुकी बाल्ने गाउँमा बिजुली बल्छ भन्ने कुराले जति खुशी थियौँ । त्यति नै दुखी विद्युत प्राधिकरणका प्राविधिक गाउँमा आउन छोडेपछि भयौं । त्यतिबेला घरमा टुकीमा लाग्ने मट्टितेल किन्न पनि ८/९ दिन पैदल हिँडेर धरान पुग्नुपथ्र्यो । एक पटक धरान गएपछि फर्किएर आउँदा १ टिन मट्टितेल लिएर फर्किन्थ्यौं । दियालो मधुरो हुने र मट्टितेल सजिलो हुने हुनाले बेला बेलामा धरान गई मट्टीतेल ल्याउँथ्यौं र बाल्थ्यौं । त्यो बेला गाउँमा बिजुली नभएपछि धेरै दुःख थियो ।

२०६० सालमा म राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय अध्यक्ष भएँ । त्यतिबेला पहिलो पटक म काठमाडौं आएँ । काठमाडौं आएपछि बिजुली बाल्ने विद्युत प्राधिकरणको अड्डा कहाँ छ भनेर सोधी खोजी गरेँ । खोजी गर्दै गर्दै म रत्नपार्कस्थित विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेँ । त्यहाँ गएर बुझ्दा त्यहीँ काम गर्ने कर्मचारीले ‘तपाईँको गाउँमा बिजुली उत्पादन गर्ने आयोजनाको अध्ययन गर्न जाने टोलीको कार्यालय पल्लो भवनमा छ’ भनेर देखाइदिए । खोज्दै जाँदा आयोजनाको कार्यालय फेला पारेँ । यति बेला हाम्रो गाउँमा पहिचान भएको आयोजना हेर्ने विश्वध्वज जोशी रहेछन् ।

मैले उनलाई ‘तपाईँको कार्यालयबाट बिजुली उत्पादन गर्ने आयोजनाको अध्ययन गर्न भनेर धेरै वर्ष अगाडि मेरो गाउँमा आउनु भएको थियो । पछि बेपत्ता हुनुभयो । हामी अहिले पनि अँध्यारोमा बसिरहेका छौं । बिजुली उत्पादन गर्ने आयोजना बनाएर गाउँमा पनि बालिदिनु पर्यो’ भने । जोशीले ‘तपाईहरूको गाउँमा हामीले बिजुली बाल्न लागेको होइन, बिजुली उत्पादन गर्ने आयोजना बनाउन लागेको हो । अहिले त्यसको काम हुँदैछ’ भन्ने जवाफ दिए ।

उनले ‘अहिले नै गाउँमा बिजुली बालिदिने होइन, बिजुली उत्पादन गर्ने आयोजना बनाउने हो । तपाईँहरूले जग्गाको मुआब्जा पाउनुहुन्छ । रोजगारी पाउनुहुन्छ’ पनि भने । यो भेटमा जोशीले माथिल्लो अरुण आयोजना बनाउन सहयोग गर्नु भने । म मोर्चाको अध्यक्ष भएपछि धेरै समय काठमाडौं बस्न थालिसकेको थिएँ । म काठमाडौंमा हुँदासम्म जोशीसँग हरेक हप्ता भेट हुन थाल्यो । त्यही बेला जलविद्युत भनेको के हो ? कसरी उत्पादन हुन्छ ? भन्नेबारेमा मैले थाहा पाएँ । मैले माथिल्लो अरुण आयोजना बनाउनु, हामी सहयोग गर्छौं भनेँ ।

पहिलो पटक म काठमाडौं आएँ । काठमाडौं आएपछि बिजुली बाल्ने विद्युत प्राधिकरणको अड्डा कहाँ छ भनेर सोधी खोजी गरेँ । खोजी गर्दै गर्दै म रत्नपार्कस्थित विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेँ । त्यहाँ गएर बुझ्दा त्यहीँ काम गर्ने कर्मचारीले ‘तपाईँको गाउँमा बिजुली उत्पादन गर्ने आयोजनाको अध्ययन गर्न जाने टोलीको कार्यालय पल्लो भवनमा छ’ भनेर देखाइदिए । खोज्दै जाँदा आयोजनाको कार्यालय फेला पारेँ । यति बेला हाम्रो गाउँमा पहिचान भएको आयोजना हेर्ने विश्वध्वज जोशी रहेछन् ।

१५ वर्ष अगाडी विश्व बैंकको अध्यक्ष माथिल्लो अरुण हेर्न संखुवासभा आउने कुरा भयो । विश्वध्वज जोशीले मलाई नै ४ ठाउँमा ४ वटा हेलिकप्टर बस्ने र उड्ने हेलिप्याड बनाउन सहयोग गर्नु र राम्रो सम्मान गर्नु भने । म गाउँ फर्किएँ । जोशीले भने बमोजिम ४ ठाउँमा हेलिहप्टर बस्ने ठाउँ बनाउन ठूलो सहयोग गरेँ । ४ गाउँका बाल बालिकादेखि वृद्ध वृद्धासम्म त्यो ठाउँमा आए ।

सबै गाउँलेले विश्व बैंकका अध्यक्षसहित सबै आगन्तुकलाई माला र खादा लगाएर गाउँमा ठूलो स्वागत र सम्मान गर्यौं । विश्व बैंकको टोली आयो र फर्कियो । पछि मैले विश्व ध्वज जोशीबाट विश्व बैंकले माथिल्लो अरुण आयोजनामा ६० अर्ब रुपैयाँ लगानी गर्न लागेको भन्ने कुरा सुनेँ । आयोजना पनि निर्माणमा जान लाग्दैछ भन्ने सुनेँ । अब मलाई माथिल्लो अरुण बनाउने दशकौंदेखिको हाम्रो सपना पूरा हुन्छ भन्ने लागेको छ ।

वर्षौंको चिनजानले अहिले विश्वध्वज जोशी सरसँग राम्रो मित्रता छ । उनले माथिल्लो अरुण आयोजना अगाडि बढाउन धेरै सहयोग गरेको भनेर प्रशंसा गर्छन् । मलाई पनि संखुवासभा मात्र होइन, नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजना आफ्नो गाउँमा बन्न लागेको छ, भनेर धेरै खुशी लागेको छ । ३८ वर्षको प्रतिक्षपछि माथिल्लो अरुण आयोजना अब बन्छ भन्ने आशा जागेको छ ।

अहिले विद्युत प्राधिकरणले आयोजना प्रभावित क्षेत्रका स्थानीयको जग्गा अधिग्रहण गरेर मुआब्जा बाँडिरहेको छ । गाउँको जग्गालाई प्रतिरोपनी १५ लाख रुपैयाँसम्म मुआब्जा बाँडिएको छ । आज भोलि गाउँलेको हातभरि पैसा छ । महिना दिन अघि म गाउँ जाँदा एक जनाले मुआब्जा बापत लिएको ६० लाख रुपैयाँ झोलामा बोकेर हिँडेको रहेछ । रक्सी खाएर मातिरहेको थियो ।

म त गाउँको समाजसेवी । मलाई देखेपछि नेता पनि चाहिँदैन, सरकार पनि चाहिँदैन, यी हामीसँग पैसा छ, भनेर मेरो नाकमा ल्याएर पैसा सँुघाइदियो । अहिले दैनिक धेरैले रक्सी खाएर पैसा सकिरहेका छन् । मैले रक्सी खाएर पैसा नसक्नु भनेर सम्झाएँ । फेरि भोलि पर्सी उनीहरूको बिजोग हुने होकि भनेर मलाई अहिले चिन्ता लागिरहेको छ ।

माथिल्लो अरुण मात्र होइन, अरुण नदीमा अरुण तेस्रो, किमाथाङ्का अरुण, इखुवा लगायत जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउन पनि मैले धेरै सहयोग गरेको छु । स्थानीय स्तरमा केही सहयोग चाहियो भने आयोजनाका प्रवर्द्धकहरूले मलाई नै भन्छन् । मैले पनि आफ्नो जिल्लामा निर्माणाधीन आयोजना जिल्लाकै सम्पत्ति भएको ठानेर सकेको सहयोग गर्दै आएको छु । र, आगामी दिनमा पनि सहयोग गरिरहन्छु ।

महिना दिन अघि म गाउँ जाँदा एक जनाले मुआब्जा बापत लिएको ६० लाख रुपैयाँ झोलामा बोकेर हिँडेको रहेछ । रक्सी खाएर मातिरहेको थियो । म त गाउँको समाजसेवी । मलाई देखेपछि नेता पनि चाहिँदैन, सरकार पनि चाहिँदैन, यी हामीसँग पैसा छ, भनेर मेरो नाकमा ल्याएर पैसा सँुघाइदियो । अहिले दैनिक धेरैले रक्सी खाएर पैसा सकिरहेका छन् । मैले रक्सी खाएर पैसा नसक्नु भनेर सम्झाएँ । फेरि भोलि पर्सी उनीहरूको बिजोग हुने होकि भनेर मलाई अहिले चिन्ता लागिरहेको छ ।

संखुवासभाको आस्था भनेको नै अरुण नदी हो । अहिले पनि भोटखोला लगायत जिल्लाको दुर्गम गाउँ विकासबाट पछाडि परेका छन् । अवस्था दयनीय छ । हाम्रा छोरा छोरी, नाति नातिना पनि डाक्टर, इन्जिनियर बनुन भन्ने हामी चाहान्छौं । तर, यसका लागि हामीसँग पैसा छैन । बाँच्नकै लागि गाह्रो छ । यी गाउँमा धेरै विकास गर्न बाँकी छ । म सरकारले जिल्लाबासीलाई नाङ्गै नपारीदिओस् भन्न चाहान्छु ।

त्यहाँको शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार विकासमा पनि सहयोग गरिदियोस् । यहाँको संस्कृति जोगाउनमा सहयोग गरिदियोस् । अरुण नदीमा पहिचान भएका सबै जलविद्युत आयोजना निर्माणमा जाने हो भने पनि सडक पूर्वाधारका साथै गाउँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नेछ भन्ने लाग्छ । यति गरिदिने हो भने हामी सुखले बाँच्न पाउँथ्यौँ ।

(भोटे संखुवासभाका समाजसेवी हुन्, निर्माण हुन लागेको १०६१ मेगावाटको माथिल्लो अरुणबारे उनीसँग गरेको कुराकानीमा आधारित)


Read Previous

‘गंगा नदी वेसिनमा दीगो ऊर्जा विकासका लागि क्षेत्रीय सहकार्य र समन्वय’

Read Next

नेपाल टेलिकमको सह-प्रवक्तामा उपप्रबन्धक भट्टराई

Leave a Reply

Your email address will not be published.