Nepal Purbadhar

फागुन २५ देखि जजिरा एयरलायन्सले पुनः उडान सुरु गर्ने


काठमाडौं । कुवेतको जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि पुनः उडान गर्ने भएको छ। मौसमको कारण देखाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको दुई महिनापछि फेरि जजिराले उडान गर्ने भएको हो ।

विमानले गत पुस ६ गतेदेखि उडान रोकेको थियो । यद्धपी माघ १९ देखि उडान सुरु गर्ने बताएपनि जजिराले उडान सुरु गर्न सकेको थिएन ।

विमानस्थलबाट जजिराले पुरानै तालिकाअनुसार भैरहवा–कुवेत–भैरहवा सातामा तीन उडान गर्नेछ।

जजिराले मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ। बिहान ७ः१५ बजे विमानस्थलमा ल्यान्ड हुने र ८ः०५ मा कुवेतका लागि उड्ने विमानस्थलले जनाएको छ ।

Facebook Comments

Read Previous

पूर्वाधारका मुद्धालाई पुनर्भाषित गरी विकासको स्पष्ट मार्गचित्र तयार गर्न कार्यदल गठन

Read Next

एक करोड लगानीमा ‘मंगला इन्द्रेणी उद्यान’ निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar