Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत


विराटनगर । भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् ।

लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए। चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रूपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ।

मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रूपमा पुल सञ्चालनमा आएको हो। यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायतको सामग्री बोकेका मालबाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ।

उक्त पुल सञ्चालनपछि एक सय १६ किलोमिटरको दूरी अब अब चार किलोमिटरमा झरेको छ। भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालबाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएका छन् । यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसिपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो।

विभागले अब तेस्रो मुलुकबाट आउने, जाने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ। सूचनासँगै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक रूपमा सुरु भएको छ।

व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रूपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो। पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गे आउने जाने गर्दथे। तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो।

यस अघिको २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो। हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसिपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो।

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालबाहक सवारीसाधन भारतीय कष्टम हुँदै विराटनगर आइसिपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ। एउटा मालबाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु पर्दथ्यो।

अब एक वर्षमा व्यवसायीले ११ करोड ५२ लाख रुपैयाँ बराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ। मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने २२ अर्ब ५० करोड रुपैयाँ बराबारको कारोबारमा गिरावट आएको थियो।


Read Previous

गुणस्तरीय सडक निर्माण गर्न निर्देशन

Read Next

न्यू मोदी-लेखनाथ प्रसारण लाइन सञ्चालन,२ सय मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार तयार

Leave a Reply

Your email address will not be published. Required fields are marked *