Nepal Purbadhar

पथरी-ज्यामिरे सडकमा रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै


लेटाङ । पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ। विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो।

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो। विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ। पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ।

सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए। समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन्। जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो। सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन। उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दूरीको सडक पनि यही नै हो।

Facebook Comments

Read Previous

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

Read Next

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar