काठमाडौं । नेपाल विद्युत व्यवसायी महासंघले नयाँ कार्यसमिति चयन गरेकाे छ । महासंघकाे शनिवार सम्पन्न पाँचौं अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी चयन गरिएकाे हाे ।
महासंघकाे अध्यक्षमा रेशमप्रसाद देवकोटा चयन भएका छन् । अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेकाे हाे । महासंघको प्रथम उपाध्यक्षमा प्रेमबहादुर जिसी, द्वितिय उपाध्यक्षमा कोमल पोखरेल र तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा निर्वाचित भएका छन् । महासचिवमा गोपाल अग्रवाल र्निाचित हुँदा कोषध्यक्षमा प्रकाशचन्द्र पाण्डेय चयन भएका छन् ।
यस्तै, महासंको सचिवमा विनोद लुईँटेल, सहकोषध्यक्षमा महेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । निर्वाचित हुने सदस्यहरूमा खुल्लातर्फ शंकर पोखरेल,चन्द्रकान्त जैसी, राजेश गौतम, केशव ढकाल र शिवराज रिजाल रहेको महासंघले जनाएको छ ।
त्यसैगरी, प्रदेश सदस्यतर्फ प्रदेश–१ का लागि चन्द्रमणि देवकोटा, मधेश प्रदेशका लागि मनोजकुमार अग्रवाल, बागमति प्रदेशका लागि सरोजकुमार रेग्मी, लुम्बिनी प्रदेशका लागि राजु भण्डारी, कर्णाली प्रदेशका लागि लोकनाथ पोखरेल र सूदुरपश्चिम प्रदेशका लागि विण्णुराज भट्ट सहित २१ कार्यसमिति पदाधिकारी चयन भएका छन् ।