Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती


सुर्खेत । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन्।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन्। राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ।

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ। सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ।

‘हामी वर्षौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ,’ उनले भने, ‘कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ।’

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ।

सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका काम हुँदै आएको छ। सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, ‘ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।’

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताउनुभयो। ‘अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ,’ उनले भने।


Read Previous

निकुञ्जमा सफारी सुरु हुँदा पर्यटन व्यवसायी उत्साही

Read Next

एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकले पूर्वाधारका क्षेत्रमा लगानी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *