Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)


काठमाडाैं । तत्कालिन सरकारले ११ वर्षअघि (आर्थिक वर्ष २०६८/६९ ) १७ वटा ठूला आयोजना निर्माणलाई प्राथमिकता दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गर्यो । पछि फेरि यो सूचीमा ७ वटा आयोजना पनि थपिए ।

राष्ट्रिय योजना आयोगका अनुसार, आर्थिक वर्ष २०७०/७१ मा ४ वटा तथा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा १/१ वटा आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा थपिए । सरकारले ११ वर्षअघि निर्माणाधीन र निर्माणमा जान लागेका ठूला आयोजनालाई विशेष महत्त्व दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेपनि अहिलेसम्म ४ वटा बाहेक कुनै सम्पन्न हुन सकेका छैनन् ।

जलविद्युततर्फ देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना मात्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश ७५० मेगावाटको पश्चिम सेती कहिलेदेखि निर्माणमा जाने भन्ने अझै टुंगो छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि पश्चिम सेतीको जस्तै छ । याे आयोजना अहिलेसम्म निर्माणमा जान सकेकाे छैन ।

आर्थिक वर्ष २०६७/६८ निर्माण सुरु भएको माथिल्लो तामाकोसी, आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना मात्रै राष्ट्रिय गौरवकाे सूचीमा समावेश भई निर्माण सम्पन्न भएका  हुन् ।

निर्माण सम्पन्न भइसकेका राष्ट्रिय गौरवका पूर्वाधार आयोजना पनि निर्धारित लागत बढेर तथा समयभन्दा ढिला गरी पूरा भएका हुन् । माथिल्लो तामाकोसी निर्माण सम्पन्न हुँदा अनुमान गरिएको ३५ अर्ब २९ करोड रुपैयाँबाट बढेर करिब ८५ अर्ब रुपैयाँ पुग्यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्धारित लागत र समयमा सम्पन्न हुन सकेन ।

यो विमानस्थल निर्माण सम्पन्न हुँदा लागत करिब ३२ अर्ब रुपैयाँ (चिनीयाँ ऋणसहित) पुग्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्धारित लागतमा सम्पन्न हुन नसक्दा बढेर २८ अर्ब पुगेको छ ।

आयोगका अनुसार, आर्थिक २०४५/४६ मा निर्माण सुरु भएको भेरी बबई सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । ३५ वर्षदेखि निर्माणाधीन यो आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने पछिल्लो तालिका छ ।

आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि आकाशिएको छ । यो पआयोजनाको सुरुको लागत २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो । अहिले यो लागत बढेर १८ अर्ब ९६ करोड ३० लाख पुगिसकेको छ । यो सुरुमा अनुमान गरिएको लागतभन्दा ५५९.८३ प्रतिशत बढी हो ।

यस्तै, आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको पूर्व पश्चिम विद्युतीय रेलमार्ग (रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना) को सुरुको लागत ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यसको लागत बढेर ९ खर्ब ५५ अर्ब २२ करोड पुगेको छ ।
२०८६/८७ सम्म पूरा हुने लक्ष्य राखिएको यो आयोजनाका लागि अहिले पूर्णरूपमा काम अघि बढ्न सकेको छैन । ९४५ किलोमिटर रेल निर्माण गर्नुपर्नेमा काम नै हुन सकेको छैन ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७८/७९ सम्ममा राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४५ अर्ब ९७ करोड रहेकोमा अहिले यो बढेर २५ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ पुगिसकेको छ । जुन सुरुको लागतभन्दा १४८ प्रतिशत हो ।

विशेष प्राथमिकतामा राखेर अघि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमै अघि बढ्न नसक्दा तिनको लागतपछि बढ्दै गइरहेको हो । आयोगको तथ्यांकले नै कुनै राष्ट्रिय गौरवका आयोजना समयमै र तोकिएको लागतमै निर्माण सम्पन्न नभएको देखिएको छ ।

राष्ट्रिय गौरवका परियोजनाको समय र लागत (करोडमा) कति बढ्यो ?

क्र. सं. आयोजनाको नाम  निर्माण सुरु भएको वर्ष सम्पन्न हुने मिती सुरुको लागत

(करोडमा)

शंशोधित लागत

(करोडमा)

वृद्धि प्रतिशत
सिक्टा सिँचाइ आयोजना २०६१/६२ २०८९/९० १२८० २५०२ ९५.४६
बबई सिँचाइ आयोजना २०४५/४६ २०८२/८३ २८७.३९ १८९६.३० ५५९.८३
रानी जमरा कुलारिया सिँचाइ आयोजना २०६७/६८ २०८०/८१ १२३७ २७५२.२३ १२२.४९
सुनकोसी मारिन डाईभर्जन आयोजना २०७३/७४ २०८०/८१ ४६१९.३९ ४६१९.३९
महाकाली सिँचाइ आयोजना २०६३/६४ २०८७/८८ ३५०० ३५००
भेरी बबई डाईभर्जन आयोजना २०६८/६९ २०७९/८० १६४३ ३६८०.७७ १०५.७६
 बूढीगण्डकी जलाशय जलविद्युत  आयोजना २०६९/७० २०८३/८४ २६००० २६०००
प्रसारण लाइन आयोजना (एमसीसी) २०६७/६८ २०८४/८५ ७५०० ६१२६ – १८.३२

 

पश्चिम सेती जलाशय जलविद्युत  आयोजना २०६७/६८ –––––––––– १३२०८ २७३८५ १०७.३३
 

१०

 

 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २०७१/७२ २०८५/८६ १६५०० १६५००
११ रेल, मेट्रो रेल तथा मोनोरेल विकास

 

 

२०६६/६७ २०८६/८७ ७०६२ ९५५२२ १२५२.६१
१२ हुलाकी लोकमार्ग २०६६/६७ २०८०/८१ ४७२४ ६५२०                 ३८.०१
१३ पुष्पलाल मध्य पहाडी लोकमार्ग

 

२०६४/६५ २०७९/८० ३३३६ ८४३३ १५२.७८
१४ उत्तर दक्षिण कोसी कोरिडोर लोकमार्ग

 

२०६५/६६ २०८७/८८ १६२० ११९३ –२६.३५
१५

 

उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग २०६६/६७ २०७९/८० २४०० २४००
१६ उत्तर दक्षिण कर्णाली कोरिडोर लोकमार्ग २०६५/६६ २०८४/८५ ४१० ६६६.१९ ६२.४८
१७ काठमाडाैं – तराई /मधेश द्रुतमार्ग

 

२०७३/७४ २०८०/८१ ११६०० १७५१९.३६ ५१.०२
१८ मेलम्ची खानेपानी आयोजना

 

२०५५/५६ २०८०/८१ २४०० ३१३६ ३०.६६
 

१९

पशुपति क्षेत्र विकास कोष

 

२०७०/७१ २०७८/७९ १२७ २२७ ७८.७४
 

२०

लुम्बिनी क्षेत्र विकास कोष

 

२०६९/७० २०८०/८१ ५५५ १३२६ १३८.९१
 

२१

 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २०७१/७२ २०९३/९४ १२५ २४९७०.०२ १९८७६.०१६

स्रोतः राष्ट्रिय योजना आयोग


Read Previous

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

Read Next

अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *