Nepal Purbadhar

अध्ययन र विकल्पबिनाको ज्यादति भन्दै कामपा मेयरको विरोध


काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गैरकानुनी रूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् ।

आइतबार माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययन र विकल्पबिना योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै त्यस्ता गतिविधि तत्काल बन्द गर्न शान्तिपूर्ण खबरदारीसभा गरिएको हो ।

त्यसैगरी साहले नागरिकको निजी सम्पत्तिमा आफूखुसी डोजर लगाएको आरोप पनि धर्नामा सहभागीले लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले ‘पछिल्लो समय कामपाले गरेको ज्यादति बन्द गर, डोजर आतङ्क बन्द गर, सडक विस्तारको क्रममा उठिबास लगाउन पाइँदैन, आदिवासीको भूमिको अधिकार सुनिश्चत गर, उठिबास गर्ने विकास चाहिँदैन, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर’ जस्ता नारा लेखिएको प्लेकार्डसहित विरोध गरेका हुन् ।

उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष सुमन सायमीका अनुसार कामपाका प्रमुख बालेन्द्र शाह राम्रो काम गर्ने उद्देश्यका साथ निर्वाचित भए पनि अहिले उनको कार्यशैली नागरिकको पक्षमा नरहेकाले धर्नाको कार्यक्रम गरिएको बताए ।

कामपा प्रमुख साहको प्रतिस्पर्धीसमेत रहनुभएका सायमिले गैरकानुनीरूपमा गरेको ज्यादति बन्द गर्नका लागि आज शान्तिपूर्ण खबरदारीसभा गरेको उल्लेख गरे । आगामी दिनमा कामपाबाट यस्ता कामले निरन्तरता पाए आन्दोलनका कार्यक्रम थप चर्काउने पनि उनले स्पष्ट पारे ।

कामपाले पूर्व सूचनाबिना निजी घरमा डोजर चलाएको भन्दै यसअघि पनि प्रमुख साहविरुद्ध आन्दोलन भएको थियो । धर्ना कार्यक्रममा उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समिति, ज्यापु महागुथि नेपासहित विभिन्न सङ्घसंस्थाको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments

Read Previous

३ वर्षमा सक्नुपर्ने धौलागिरि अस्पताल निर्माणको काम ६ वर्ष ढिलो गरी सम्पन्न

Read Next

खानेपानी माफियाको अन्त्य गछौं -खानेपानी मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar