Nepal Purbadhar

रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध


रुकुमपूर्व । रुकुमपूर्वमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन। सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन्।

सल्यान र रुकुमपश्चिमको बिचमा समस्या हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुमपूर्वले जनाएको छ।

विद्युत् सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए।

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताइन्।

Facebook Comments

Read Previous

हिउँ पन्छाएपछि जुम्ला विमानस्थलमा सुरु भयो हवाई सेवा

Read Next

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar