Nepal Purbadhar

तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा


काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ।

होटल्सको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरूलाई करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश तारागाउँको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ। यसले आर्थिक वर्ष २०७७–७८ मा भने कुनै पनि लाभांश वितरण गरेको थिएन।


Read Previous

इ-सेवाबाट दैनिक एक रुपैयाँभन्दा सस्तोमा पूर्ण हेल्थ केयर खरिद गर्न सकिने

Read Next

माघ २४ देखि क्यान इन्फोटेक प्रर्दशनी, बुकिङ खुला