Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ठेकेदार अदालत गएपछि टेकु पुल अलपत्र


काठमाडाैं । निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमति पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैदेखि अलपत्र छ ।

निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो । बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयले ठेक्का तोड्ने निर्णय गरे पनि यस सम्बन्धमा अदालतको निर्णयपछि प्रक्रियाअघि बढाइने कार्यालयका सूचना अधिकारी सुनित केसीले जानकारी दिए । ‘हामीले प्राविधिक पक्षलाई हेरेर ठेक्का तोडेको हो अदालतको निर्णय के हुन्छ त्यहीअनुसार गर्नुपर्छ’  उनले भने ।

पुल निर्माण हुँदा त्रुटि भएकाले डिभिजन सडकले निर्माण कम्पनीलाई सचेत गराएको सूचना अधिकारी केसीले बताए । त्यतिबेला अध्ययन गर्दा सुपर स्ट्रक्चर (डेक्स स्लाप) मा समस्या पाइएको थियो ।

डिभिजन सडक कार्यालयले समस्या भएको ठाउँमा सच्याउन भने पनि त्यसविरुद्ध निर्माण कम्पनी अदालती प्रक्रियामा गएको र पछि कार्यालयबाट ठेक्का तोडेको उनले बताए । ‘डिभिजनले ठेक्का तोडेपछि कम्पनीले ठेक्का तोड्न र कालोसूचीमा राखिएको विरुद्ध अर्काे मुद्दामा गयो’ उनले भने ।

पुल प्राविधिक रुपमा त्रुटिपूर्ण भएकाले त्यो तोडेर नयाँ बनाउनुपर्ने भनिएपछि कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राखेपछि कम्पनी सर्वाेच्चमा गएको थियो । अन्तिम फैसला आएपछि नै कसरी अघि बढ्ने भन्ने निर्णय हुनेछ ।  पुल निर्माणका लागि आर्थिक वर्ष २०६९/७० को ठेक्का सम्झौता भएको थियो ।

निर्माण कम्पनीले निर्माण सम्पन्न भएको भनेको चारवर्ष वितिसक्दा पनि पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माण कम्पनीले हस्तान्तरण गर्न चाहे पनि डिभिजन सडक कार्यालयले पहिले त्रुटि सच्याउन भनेको थियो । निर्माण कम्पनी पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेकाले ठेक्का तोडिएको थियो ।

सङ्घीय राजधानी काठमाडौँमा यो पुलसँगै सोही निर्माण कम्पनीले ठेक्का पाएको तीनकुनेको बागमति पुल पनि लामो समय अवरुद्ध रहेको थियो । त्यो पुलमा पनि निर्माणमा ढिलाइ र भएको काम गुणस्तरिय नहुँदा ठेक्का तोडिएको थियो । अदालती प्रक्रिया टुङ्गिएसँगै अहिले सो पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएको छ । रासस


Read Previous

मेलम्चीको पानीका लागि दोस्रो चरणमा वितरण सञ्जाल निर्माण

Read Next

गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *