Nepal Purbadhar

रसुवा र नुवाकोटमा उत्पादन हुने विद्युत प्रवाह हुने चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण तीव्र


रसुवा । रसुवा तथा नुवाकोट जिल्लामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणको केन्द्रीय भण्डारणमा पुर्याउन प्रसारण लाइनको निर्माण तीव्र भैराखेको छ । सुस्त गतिमा निर्माण अगाडि बढिरहेको चिलिमे हवदेखि त्रिशूली हवसम्मको २७ किलोमिटर राष्ट्रिय प्रसारण लाइनका बाँकी निर्माण छिटो सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

उनले ती दुई जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाको कार्य प्रगतिको आइतबार स्थलगत निरीक्षण एवं जानकारी लिँदै सो निर्देशन दिएका हुन् । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी वैशाख महिनाबाट परीक्षण उत्पादन गर्ने लक्ष्य लिइसकेको छ । ती दुवै आयोजनाका लागि चिलिमेको थाम्वुचेतमा एउटै हव बनाई गतलाङको बोम्जोडाँडा, ग्रे, हाकु, डाँडागाउँ, ठूलोगाउँ हुँदै नुवाकोटको सलाखु दोभानमा रहने विद्युत् सङ्कलन केन्द्रबाट राष्ट्रिय प्रसारणमा पठाउन आवश्यक संरचनाको निर्माण तीब्र अगाडि बढिरहेको प्राधिरकणले जनाएको छ ।

नुवाकोटको सलाखु खोला दोभान अक्करेमा निर्माण भइरहेको हवबाट तादी र त्रिशूली थ्रि बि, रसुवाको रसुवागढी तथा साञ्जेन फलाखुखोला, अपर त्रिशूली वान, लाङटाङ खोला, सुपर मैलुङ, अपर मैलुङ, लाङटाङ भोटेकोसीसमेतका स्थानबाट उत्पादन हुने करिब ६ सय मेगावाट विद्युत् एकत्रित गरी राष्ट्रिय प्रसारणमा पठाइने प्राधिकरणले तयारी छ ।

प्राधिकरणले भविष्यमा उत्पादन हुने बिजुलीसमेत अक्करे हवबाटै एकीकृतरूपले राष्ट्रिय प्रसारणमा पठाइने जनाएको छ । पहिलो चरणमा भने उक्त हवबाट रसुवागढी तथा साञ्जेनको मात्र विद्युत राष्ट्रिय प्रसारणमा जाने छ । निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश निर्माण सम्पन्न भई समग्रको उपकरण जडान कार्य ७५ प्रतिशतभन्दा माथि गइसकेको छ ।

अन्य विद्युत् आयोजना धमाधम निमाणाधीन अवस्थामा रहेका छन् । सन् २०१३ बाट निर्माण चरणमा अगाडि बढेको सो आयोजनामध्ये रसुवागढीले १११ मेगावाट, तल्लो माथिल्लो साञ्जेनले ४२.५ एवं माथिल्लो साञ्जेनले १४.८ मेगावाट विद्युत् ऊर्जा उत्पादन दिने प्राविधिकले बताएका छन् ।

चिलिमे जलविद्युत् केन्द्रको भगेनी संस्थाको रूपमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको पूरै संरचना भूमिगत र साञ्जेनको भने अर्धभूमिगत रहेको रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले जानकारी दिए ।

चिलिमे कम्पनीले सुरूआत गराएको रसुवागढी, साञ्जेन तथा सिन्धुपाल्चोक जिल्लाका १०३ मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजना सफलतापूर्वक आगाडि बढिरहेको चिलिमे जलविद्युत् केन्द्र स्याफ्रुबेँसीले जनाएको छ ।

Facebook Comments

Read Previous

सिंहदरबार परिसरभित्र उच्च क्षमताका चार्जिङ स्टेसन निर्माण गरिने

Read Next

पश्चिम सेती निर्माण हुनेमा विश्वस्त छैनन् स्थानीयवासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar