Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

आन्तरिक उत्पादन अपुग भएपछि आयात हुन थाल्यो भारतीय विद्युत


काठमाडौं । नदी तथा खोलामा पानीको सतह कम भई जलविद्युतगृहको उत्पादन घटेसँगै भारतबाट विद्युत आयात सुरु भएको छ । आन्तरिक जलविद्युतगृहको उत्पादनले आपूर्ति व्यवस्थापन हुन नसकेपछि आयात सुरु गरिएको हो ।

नदी तथा खोलामा पानीको सतह कम भई नदी प्रवाही (आरओआर) जलविद्युतगृहले उत्पादन घटाएपछि विद्युत आयात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवं प्रणाली सञ्चालन विभाग प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार प्राधिकरणले बढी विद्युत खपत हुने (पिक आवर) साँझ र बिहानको समयमा अर्धजलाशय जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरेर माग व्यवस्थापन गरी अफ पिक आवरमा विद्युत आयात गरिरहेको छ ।

‘पिक आवरको माग आन्तरिक उत्पादनबाट नै व्यवस्थापन भइरहेको छ,’ उनले भने, ‘अप पिक आवरमा अर्धजलाशय जलविद्युत केन्द्रमा पानी सञ्चित गर्नका लागि त्यति बेलाको माग व्यवस्थापन गर्नका लागि मात्रै भारतीय विद्युत ल्याइरहेका छौं ।’ प्राधिकरणको शनिबारको विद्युत माग र आपूर्तिको तथ्यांक अनुसार यो दिन २ हजार ३ सय १६ मेगावाट घन्टा विद्युत आयात भएको छ । ९० मेगावाट घन्टा विद्युत मात्रै निर्यात भएको छ ।

सुख्खा याममा नदी प्रवाही जलविद्युत केन्द्रको उत्पादन जडित क्षमताभन्दा ३० प्रतिशत कम हुने गर्दछ । फागुन चैतसम्म पुग्दा यी जलविद्युतगृहको उत्पादन २५ प्रतिशतभन्दा तल समेत झर्ने गरेको छ । यही कारण बढी विद्युत उत्पादन हुने समयमा १० अर्ब रुपैयाँ बढीको विद्युत भारतीय बजारमा निर्यात गर्न सफल भए पनि सुख्खायाममा विद्युतको माग व्यवस्थापन गर्न अझै भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता नेपाललाई छ ।

शनिबारको विद्युतको उच्च माग १ हजार ५ सय १२ मेगावाट रहँदा प्राधिकरणका जलविद्युतगृहको उत्पादन ७ हजार ८ सय ७४ मेगावाट घन्टा छ । प्राधिकरणका सहायक कम्पनी अन्तर्गत सञ्चालित जलविद्युतगृहको उत्पादन ४ हजार ४ सय ४३ मेगावाट घन्टा रहेको प्राधिकरणले जनाएको छ । यस्तै, निजी क्षेत्रका जलविद्युतगृहको उत्पादन १२ हजार ७ सय ४० मेगावाट घन्टा छ ।

सुख्खायाम र बर्खाको उत्पादनबीचमा ठूलो अन्तर रहेकाले अझै केही वर्ष हिउँदको माग व्यवस्थापनमा भारतीय विद्युत आयात गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । यो वर्षसुख्खायाममा ९० करोड युनिट विद्युत आयात हुने प्राधिकरणको प्रक्षेपण छ ।

यो परिमाण अघिल्लो वर्षको तुलनामा भने कम हो । अघिल्लो वर्ष सुख्खा याममा १ अर्ब ५० करोड युनिट विद्युत आयात गरिएको थियो । बैशाख सुरु भएपछि भने आन्तरिक उत्पादनमा वृद्धि भएपछि आयात बन्द गरिएको थियो ।

प्राधिकरणले गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । यो वर्ष विद्युत आयात गरिए पनि तुलनात्मकरूपमा निर्यातको परिमाण नै बढी हुने प्राधिकरणले जनाएको छ ।


Read Previous

चिनियाँ लगानीको जलविद्युत आयोजनासँग सरकारको पहिलो आयोजना विकास सम्झौता

Read Next

फागुनदेखि केबलकारमै मौलाकालिका, दैनिक ६ हजार यात्रु आवतजावत गराउन सकिने

Leave a Reply

Your email address will not be published.