Nepal Purbadhar

भारतीय सहयोगमा निर्माण हुने तीन परियोजनाको समझदारीपत्रमा हस्ताक्षर


 काठमाडाैं । भारत सरकारको अनुदान सहयोगमा तीन परियाेजनाकाे  निर्माणकाे लागि समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।

नेपालकाे शिक्षा, स्वास्थ्य सेवा तथा खानेपानी क्षेत्रसँग सम्बन्धित तीनवटा सामुदायिक विकास परियोजना अघि बढाउन नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच साेमबार समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे ।

भारतीय सहयाेगमा अघि बढाइने परियाेजनामा उदयपुर जिल्लाकाे जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, सोलुखुम्बु जिल्लामा न्गोङ्गा थेन्चोक छोलिङ्ग ध्यान केन्द्रको निर्माण रहेकाे छन् ।

त्यस्तै,  धादिङ जिल्लामा लिस्नेखोला टिकासुङ दाङचेत झार्लाङ खानेपानी परियोजनाको निर्माण रहेकाे छ । यी तीन परियोजनाहरु कूल अनुमानित लागत  १० करोड १७ लाख  रूपैयाँ रहेकाे छ ।

तीन परियोजनाहरुको निर्माणले स्थानीय समुदायका लागि राम्रो शिक्षा, स्वास्थ्य सुविधा तथा सुरक्षित खानेपानी उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७६ वटा परियोजना सम्पन्न भइसकेका छन् ।


Read Previous

सम्पदा क्षेत्रको अवलोकन गर्न सजिलो हुनेगरी साझा यातायातले सेवा शुरु गर्दै

Read Next

नारायणघाट–बुटवल सडक पूर्वी खण्डमा दैनिक १२ सय कामदार परिचालन, सडक निर्माणले गति लिँदै