Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

स्कायफको ३२ औं वार्षिकोत्सवमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट ७५ हजारसहित सम्मानित


काठमाडौं । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस् (स्कायफ) को ३२ औं वार्षिकोत्सवको अवसरमा इञ्जिनियरिङका सर्वोत्कृष्ठ २ ग्राजुएट (यही वर्ष इञ्जिनियरिङ पास गरेका) ७५ हजारसहित सम्मानित भएका छन् ।

सम्मानित हुनेमा आर्किटेक्चर विद्यामा पुल्चोक इञ्जिनियरिङ क्यापसकी रोजिता अवाले र सिभिल विद्यातर्फ पुल्चोककै विशाल श्रेष्ठ रहेका छन् । उनीहरुले समानपत्रसहित ७५ हजार रुपैयाँ हात पारे । रोजिता अवालेले स्कायफ योङ आर्किटेक्ट एक्सिलेन्स अवार्ड २०२२ ले सम्मानित भइन भने सिभिलतर्फका विशाल श्रेष्ठ केशवमान अमात्य एजुकेशन एक्सिलेन्स अवार्ड २०२२ ले सम्मानित भए ।

आर्किटेक्ट एक्सिलेन्स अवार्ड स्कायफले आफ्नै कोषबाट वितरण गर्छ । सिभिलतर्फको केशवमान अमात्य एजुकेशन एक्सिलेन्स अवार्ड भने स्कायफका पूर्व अध्यक्ष स्वर्गिय इञ्जिनियर केशवमान अमात्यकाको सम्झनामा उनको परिवारले स्थापना गरेको सम्मान हो ।

देशका सबै विश्वविद्यालयसँग स्कायफले आर्किटेक्चर र सिभिल विद्यामा उत्कृष्ठ विद्यार्थीको सूची संकलन गरेको थियो । त्यसमध्ये सिभिल र आर्किटेक्चर विद्यातर्फ ५/५ जना उत्कृष्ठ विद्यार्थी छनौट गरिएको मूल्याकंन समितिका संयोजक इञ्जिनियर भरत बञ्जाराले जानकारी दिए ।

‘त्यसमध्येबाट पनि दुवै विद्याका सर्बोत्कृष्ठ एक/एक जना छनौट गरिएको हो’ उनले भने । त्यसको लागि एसएलसी/एसइइ, प्लस टु तहमा ल्याएको प्राप्ताकं र पारिवारिक अवस्था र अन्र्तवार्तासमेत प्रक्रियामा उत्कृष्ठ विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

आर्किटेक्चर विद्यातर्फ उत्कृष्ठ हुने अन्य ४ विद्यार्थीमा सिमरन श्रेष्ठ (पुल्चोक क्याम्पस), निष्ठा मानन्धर (काठमाडौं इञ्जिनियरिङ कलेज), सनम महर्जन (पुल्चोक क्याम्पस) र क्रितिका नेपाल (पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस) रहेका छन् ।

आर्किटेक्चर विद्यातर्फ भने आरोश दाहाल (पुल्चोक क्याम्पस), भरत ढकाल (पुल्चोक क्याम्पस), हौसला मानन्धर (केयु) र अयुस सुवेदी (काठमाडौं इञ्जिनियरिङ क्याम्पस) रहेका छन् । आफ्नो विद्यातर्फ भर्खरै सफल भएका विद्यार्थीलाई थप अध्ययनमा प्रोत्साहन गर्न र देशमै रहेर काम गर्नको लागि हौसला दिन सम्मान गरिएको स्कायफका कोषाध्यक्ष श्रवनकुमार थापाले बताए ।

२० वर्षभन्दा धेरै निरन्तर परामर्श कम्पनीमा काम गर्ने २० कर्मचारी सम्मानित

स्कायपले ३२ औं वार्षिकोत्सवको अवसरमा विभिन्न परामर्शदाता कम्पनीमा निरन्तर २० वर्ष वा त्योभन्दा बढी काम गर्ने २० कर्मचारीलाई पनि सम्मान गरेको छ । त्यसरी सम्मानित हुनेमा जीइओसीइ कन्सल्ट्याण्टस् कम्पनीका १० जना छन् ।

जसमा इञ्जिनियर श्रीधर थापा, कार्यालय व्यवस्थापक दिप्ती अधिकारी, लेखा अधिकृत सूर्यनारायण नेमकुल, उप कार्यालय व्यवस्थपक उमेशराज घिमिरे, क्याड अपरेटर रिता श्रेष्ठ, ल्याब टेक्निसियन कृष्ण ब्याञ्जनकार, कार्यालय सहयोगी नरेस ब्याञ्जनकार, एमआइएस अधिकृत लिलेन्द्र गुरुवाचार्य, वरिष्ठ क्याड अपरेटर सुमनमान महर्जन र अफिस म्यासेञ्जर उत्र बहादुर राइ रहेका छन् ।

त्यस्तै, इष्ट वेष्ट इञ्जिनियरिङ सर्भिस कम्पनीका ३ जना कर्मचारी सम्मानित भएका छन् । ती कर्मचारीमा एसिस्ट्याण्ट आर्किटेक्टहरु सुलोचना राजभण्डारी र रुपेश श्रेष्ठ रहेका छन् भने वरिष्ठ आर्किटेक्ट मनिशा राणा रहेकी छन् ।

फुल ब्राइट कन्सल्टेन्सीका कार्यालय सहयोगी टेक नारायण सुवेदी सम्मानित भएका छन् । सीएमएस इञ्जिनियरिङ कन्सल्टका कार्यालय सहयोग दुर्गा दाहाल, आइसीजीएसका कार्यकारी अध्यक्ष अच्युतानन्द भण्डारी पनि सम्मानित भएका छन् ।

यसबाहेक इन्भाइरोमेण्ट एण्ड रिसोर्स म्यानेजमेण्ट कन्सल्टेण्ट (इआरएमसी) का प्रिन्सिपल एडभाइजर उद्धवराज चौलागाई, पूर्व अध्यक्ष तथा सल्लाहाकार पुन्य प्रसाद ओली र कम्प्युटर अधिकृत पवन दवाडी सम्मानित भए ।

त्यस्तै स्काइफकै कार्यालय सहयोगीको रुपमा कार्यरत लक्ष्मण अधिकारी पनि सम्मानित भए । सम्मानित व्यक्तिहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, स्कायफका अध्यक्ष टुकलाल अधिकारी र तारा अमात्यले वितरण गरेका थिए ।

२५ वर्षदेखि निरन्तर सञ्चालन भइरहका २ कम्पनीलाई सम्मान

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनियरिङ फर्मस्ले २५ वर्षदेखि निरन्तर सञ्चालन भइरहका २ कम्पनीलाई सम्मान गरेको छ । सम्मानित हुने कम्पनीहरुमा जीइओसीइ कन्सल्ट्याण्स् र गु्रप अफ इञ्जिनियर्स कर्सोटियम कम्पनी रहेका छन् ।

कार्यक्रममा स्कायप का अध्यक्ष इञ्जिनियर टुकलाल अधिकारीले व्यक्ति र संस्थालाई सम्मान गर्ने परम्परालाई भविष्यमा पनि निरन्तरता दिदै लगिने बताए ।


Read Previous

अतिकम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नतिमा युरोपियन युनियनको व्यापार क्षमता विस्तारमा सहयोग

Read Next

परियोजनालाई गतिशिल बनाउन छुट्टै विकास ऐन ल्याउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *