Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित हुनुु भएको छ ।

सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ ।

बुधबार भएकाे कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी, बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन ।

अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र कर तथा राजस्व समितिका सभापति अग्रवाललाई महासंघले बधाई एवं शुुभ–कामना दिएकाे छ ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो ।


Read Previous

४ महिनामा ४० कम्पनी कालोसूचीमा, अदालतको आदेशमार्फत ६ कम्पनीलाई उन्मुक्ति

Read Next

नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *