Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

देशभरका २९३ नगरपालिकाबाट वार्षिक १० लाख टन फोहोर उत्पादन, ३९ प्रतिशत मात्र ल्याण्डफिल साइटमा व्यवस्थापन


काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अध्ययनले देशभरका २९३ नगरपालिका (महानगर र उपमहानगरसमेत) ले वार्षिक १० लाख टन फोहोर उत्पादन गर्ने देखाएको छ ।

उत्पादित फोहोरमध्ये प्रतिवर्ष ३ लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट निष्कासन हुने गरेको छ । त्यस्तै, २ लाख ४५ हजार ८ सय ८४ टन व्यापारिक क्षेत्रबाट, १ लाख ३ हजार २ सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार ३ सय ९२ टन औद्योगिक क्षेत्रबाट निष्कासन हुन्छ ।

यसबाहेक १ लाख १ हजार ५ सय ७ टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार २ सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

३९ प्रतिशत मात्र ल्याण्डफि साइटमा व्यवस्थापन

उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक ३ लाख ८९ हजार ९ सय ८३ टन ल्याण्डफिल साइटमा जम्मा हुने गरेको छ । यो कुल फोहोरमैला उत्पादनको ३८ दशमलव ९९ प्रतिशत हो ।

त्यसबाहेक ३ लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा व्यवस्थापन गर्ने गरिएको छ । त्यस्तै, २२ हजार ७५ टन दहन गरिने देखाएको छ ।

यसरी फोहरमैलाको पुनःचक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून (८ हजार ६९० टन) परिमाण मात्र पुनःचक्रीय रूपमा उपयोग हुने देखिएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा संघीय तहमा समेत फोहरमैला सम्वन्धी तथ्यांकहरू अन्तराष्ट्रिय मापदण्डअनुसार तथा वातावरणीय आर्थिक लेखापद्धति ढाँचा अनुरुप नरहेको समेत देखाएको छ ।

यस अध्ययनमा हाल उपलव्ध तथ्यांकको आधारमा वातावरणीय आर्थिक लेखापद्धतिको मान्यता प्राप्त ढाँचालाई केही रूपान्तरण गरी फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।

नेपालका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा अन्य सम्बद्ध संघसंस्थाहरूले फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्यांक वातावरणीय आर्थिक लेखापद्धति ढाँचा अनुरूप संकलन गर्न आवश्यक देखिएको कार्यालयको निष्कर्ष छ ।

‘यसका लागि स्थानीय, प्रादेशिक तथा संघीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूुर्ण पेशाकर्मी तथा सरोकारवालहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक देखिन्छ’ प्रतिवेदनमा उल्लेख छ ।


Read Previous

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक ४ वर्षदेखि अलपत्र

Read Next

अन्धगल्छी,रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग तयार

Leave a Reply

Your email address will not be published.