सोलुखुम्बुमा २७.९ मेगावाटको मिडल इन्खु निर्माण हुँदै
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत विकास विभागले २७.९ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउने तयारी गरेको छ। आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र माप्य दुधकोसी गाउँपालिका–७ मा पर्ने इन्खुखोलामा प्रस्ताव गरिएको छ।