बाणिज्य बैंकहरूले फागुन महिनाका लागि पनि घटाए निक्षेपको ब्याजदर
काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फागुन महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि निक्षेपको ब्याजदर घटाएर समायोजन गरेका