नारायणगढ–गोन्द्राङ ६ लेन सडक घरटहरा भत्काउन थालियो
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरभित्र पर्ने नारायणगढ–गोन्द्राङ सडकखण्डमा अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि भत्काउन सुरु गरिएको छ । सडक विस्तार गरी ६ लेनको बनाउने कार्य भइरहेको उक्त खण्डका अतिक्रमित घर टहरा भत्काउन लागिएको हो