चपली सबस्टेसनको ट्रान्सफर्ममा समस्या आउँदा बूढानीलकण्ठ क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठस्थित चपली सबस्टेसनमा जडित पावर ट्रान्सफर्मरमा समस्या आउँदा त्यस क्षेत्रको विद्युत आपूर्ति अवरुद्ध भएको छ । बुधबार बिहान ५ बजेदेखि सबस्टेसनमा जडित पावर ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको हो