सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन् । यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन् ।