Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सन् २०२५ देखि नेपाल वर्षभरी नै जलविद्युत निर्यात गर्ने मुलुक बन्छ: ऊर्जामन्त्री भुसाल


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसालले सन् २०२५ देखि नेपाल वर्षभरी नै जलविद्युत निर्यात गर्ने मुलुक बन्ने बताएकी छन । वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत बढी हुने उनले उल्लेख गरिन् ।

खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिरहेको र ग्रीन हाइड्रोजनका लागि उपयुक्त पहल थालनी गर्नेमा जोड दिइन् । ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा बिहीबार आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकलाई सम्बोधन गर्ने क्रममा उनको यो भनाइ आएको हो । मन्त्री भुसालले बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गरेकी हुन ।

उनले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्ने र सामूहिक रूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक रहेको बताइन् । विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेदनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गरिन् । ‘हरित ऊर्जा’ का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसरहरू पहिल्याउनु पर्नेमा जोड दिइन् । मन्त्री भुसालले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’ को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्ने बताइन् ।

अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको छ । मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको उल्लेख गरिन् ।

ग्रीन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को शुरुआत गरिएको छ । मन्त्री भुसालले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रशारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन ।

नेपालमा अधिकमात्रामा नवीकरणीय ऊर्जा जलविद्युत प्रयोग हुँदै आएको र सौर्य ऊर्जा उत्पादनका लागि पनि पर्याप्त सम्भावना रहेकोमा जोड दिइन ।

नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ । स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देशबाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहिरहेको छ ।

स्वच्छ ऊर्जा प्रयोग गर्न शुरु गरिसकेको बताउँदै मन्त्री भुसालले देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत पु¥याएको जानकारी दिइन् । सन् २०२४ सम्ममा देशभर स्वच्छ ऊर्जा विद्युत पु¥याउने लक्ष्य लिएको छ ।


Read Previous

प्रतिफल अनिश्चितताले सडक पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न कठिन

Read Next

बंगलादेशले तीन महिनाभित्र नेपालबाट ५० मेगावाट बिजुली लैजाने

Leave a Reply

Your email address will not be published.