Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

विराटनगर-वथनाह मालबाहक रेल सञ्चालनमा ल्याउने तयारी


मोरङ । निर्माण अन्तिम चरणमा पुगेको विराटनगर-वथनाह मालबाहक रेल्वे चाँडै सञ्चालनमा आउने भएको छ । मोरङको विराटनगरदेखि भारतको वथनाहसम्मकाे १८.६ किलोमिटर लामो मालबाहक रेल्वे सञ्चालनमा ल्याउन लागिएको हो ।

नेपाल र भारत सरकारबीच प्राविधिक तथा प्रशासनिक प्रकृया पूरा गरी मालबाहक रेल्वे सञ्चालनमा ल्याउन भारतीय रेल्वे कटिहार डिभिजन कार्यालय सहमत भएको हो । मालबाहक रेल्वे सञ्चानको पूर्व तयारीका सम्बन्धमा उद्योग संगठन मोरङले आयोजना गरेको बैठकमा बोल्दै भारतीय रेल्वे डिभिजन कार्यालयका प्रबन्धक एसके चौधरीले  रेल्वे अब सञ्चालन आउन लागेको बताए ।

‘रेल्वेको निर्माण करिब-करिब पूरा भइसकेको छ,’उनले भने, ‘नेपाल र भारत सरकारबीच प्राविधिक तथा प्रशासनिक प्रकृया पुरा भएको १० देखि १५ दिनमा मालबाहक रेल सञ्चालनमा ल्याउन सकिन्छ ।’

उनले विराटनगरको सीमा जोगवनीमा रेल्वे रिपेयरिङ सेन्टरको निर्माणका लागि भारतीय रेल्वे मन्त्रालय समक्ष आवश्यक बजेटका लागि अनुरोध गरेको पनि बताए । रिपेयरिङ सेन्टर निर्माण पश्चात अन्य स्थानका लागि नयाँ प्यासेन्जर रेल थप्ने प्रक्रिया अगाडि बढ्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको अवरोधका कारण मालबाहक सवारी साधन रि–रुट गरी ल्याउदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालबाहक रेल्वे सञ्चालनमा आउँदा ठूलो राहत पुग्ने बताए । रेल्वे सञ्चालनले नेपाल–भारतबीचको व्यापार अभिवृद्धिमा कोशेढुंगा सावित हुने उनले बताए ।

‘स–साना बाधा व्यवधानलाई अविलम्व समाधान गरी मालबाहक रेल्वे सञ्चालनमा ल्याउन म दुवै देशका पदाधिकरीलाई आग्रह गर्छु । यसका लागि निजी क्षेत्रको तर्फबाट उद्योग संगठन मोरङ सहजीकरण गर्न तयार छ’ उनले भने ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले २ देशीय व्यापार विस्तारका लागि महत्त्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । उनले सरकारका तर्फबाट गर्नुपर्ने प्राविधिक र प्रशासनिक प्रकृयाका पूरा गर्न प्रधानमन्त्री समक्ष पहल गर्ने पनि बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले मालबाहक रेल्वे निर्माणको क्रममा देखिएका बाधाहरू समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने बताए । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात–निर्यातमा समस्या आउँदा राजश्व संकलन समेत प्रभावित भएको तर, अब कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारले आवश्यक सहयोग गर्ने बताए ।

नेपालको रेल विभागका इन्जिनियर रोशनकुमार देवले दुवै देशका प्राविधिक टोलिले निर्माणधिन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पूरा गरी पश्चात विराटनगर-वथनाह कार्गो रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले यस क्षेत्रका ईडिवल आयल उत्पादन गर्ने उद्योगहरूका लागि आवश्य कच्चा पदार्थ स्टोर गर्न आफ्नै खर्चमा टेंक निर्माण गर्न लागिएको बताए । उनले टेंक निर्माणका लागि सहजीकरण गरिदिन डिभिजनल रेल्वेका प्रबन्धक समक्ष आग्रह पनि गरे ।

छलफलमा संगठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आईसिपि, नेपाल रेल्वे विभाग, नेपाल आई.सि.पि. का प्रतिनिधि लगायत उद्योगी व्यवसायीहरूको उपस्थिती थियो ।


Read Previous

९० दिनभित्र नेपाल भ्रमण दशक मनाउने घोषणा हुने, ७४ बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना स्वीकृत

Read Next

उद्योग व्यवसायमा बिजुलीको उपयोग बढाउनुहोसः प्रधानमन्त्री देउवा

Leave a Reply

Your email address will not be published.