Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती    २ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

विद्युत उत्पादन गर्ने १८ जलविद्युत प्रवर्द्धकलाई विभागको सम्मान


काठमाडौं । विद्युत विकास विभागले विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने १८ जलविद्युत प्रवर्द्धक कम्पनीलाई सम्मान गरेको छ ।विभागले २९औं वार्षिकोत्सवको अवसर पारेर आइतबार विशेष कार्यक्रम गरी गत आर्थिक वर्ष (आव) २०७८/७९ मा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत जोडिएका जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा ५२.४ मेगावाटको लिखु–४ को प्रवर्द्धक ग्रीन भेन्चर, २४.२ मेगावाटको लिखु खोला ‘ए’ को प्रवर्द्धक नुम्बुर हिमालय हाइड्रो पावर, ३० मेगावाटको न्यादीको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनी छन् ।

यसैगरी, २५ मेगावाटको सिंगटी खोलाको प्रवर्द्धक सिंगटी हाइड्रो इनर्जी, २० मेगावाटको तल्लो मोदीको प्रवर्द्धक मोदी इनर्जी लिमिटेड, १२ मेगावाटको माथिल्लो खिम्तीको प्रवर्द्धक हिमालयन ऊर्जा विकास कम्पनीलाई पनि विभागले सम्मान गरेको छ ।

दोलखामा ११ मेगावाटको तल्लो खारे खोला निर्माण गरी सञ्चालनमा ल्याएको युनिभर्सल पावर कम्पनी, ९.९४ मेगावाटको काबेली ‘बी’–१ क्यासकेडको प्रवर्द्धक अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यस्तै, इलाममा ९.५१ मेगावाटको माई खोलामा निर्माण गरी विद्युत उत्पादन गर्ने साम्लिङ पावर कम्पनी, खोटाङमा साप्सुप खोलाबाट ७.१५१ मेगावाटको विद्युत उत्पादन गर्ने थ्री स्टार हाइड्रो पावर, दोखलाको सुरी खोलाबाट ७ मेगावाट विद्युत उत्पादन गर्ने मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी सम्मानित भएका छन् ।

रामेछापको खिम्ती खोलाबाट ७ मेगावाटको विद्युत उत्पादन गर्ने हिमालय ऊर्जा विकास कम्पनी, इलामको जोगमार्य खोलाबाट ६.२ मेगावाट विद्युत उत्पादन गर्ने एशियन हाइड्रोपावर लिमिटेड, गोरखाको रिचेत खोलाबाट ५ मेगावाट विद्यु्त उत्पादन गर्ने रिचेत जलविद्युत कम्पनी रहेका छन् ।

त्यस्तै, नुवाकोटको तादी खोलाबाट ४.९९३ मेगावाट विद्युत उत्पादन गर्ने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, लमजुङको छ्यांदी खोलाबाट ४ मेगावाट विद्युत उत्पादन गर्ने छ्यांदी हाइड्रोपावर र लमजुङकै स्यांगे खोलाबाट २.४ मेगावाट विद्युत् उत्पादन गर्ने अपर स्यांगे हाइड्रोपावर रहेको छन् ।

जलविद्युत बाहेक सर्लाहीको इन्दुशंकर चिनी उद्योग पनि सम्मानित भएको छ । यस उद्योगले उखुको बोगसबाट २ मेगावाट विद्युत् उत्पादन गरेको छ ।


Read Previous

मध्यतमोर आयोजनाको मुख्य सुरुङ पूरा, विद्युत उत्पादन गर्न १३ महिना लाग्ने

Read Next

नागरिक लगानी कोषले घोराही सिमेन्टकाे शेयर प्रत्याभूति गर्ने

Leave a Reply

Your email address will not be published.