Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सफल आयोजनाको परम्परागत बुझाईमा परिवर्तन


काठमाडौं । सफल आयोजनाको परम्परागत बुझाईमा समयानुकुल परिवर्तन हुदै गएको विज्ञहरुले बताएका छन् । परम्परागत रुपमा आयोजना सफल हुनु भनेको तोकिएको समयमा आयोजना सम्पन्न हुने, तोकिएको लागतमा सम्पन्न हुने र तोकिएको काम हुनुलाई सफल आयोजनाको रुपमा बुझ्ने गरिन्थ्यो । ‘तर, अहिले यसमा परिवर्तन आएको छ’ नेपाल, श्रीलंका, कतारका पूर्वाधार आयोजनामा काम गरेका र अहिले बेलायतको लिभरपुल जोन मुर्स विश्वविद्यालयका वरिष्ठ लेक्चररको रुपमा कार्यरत डा. राज कपुर शाहले भने ।

नेपाल इञ्जिनियर्स एशोसिएशनले आयोजना गरेको साप्ताहिक कार्यक्रममा डा. शाहले पछिल्लो समय आयोजनाको प्रतिफल कति हुने, आयोजनाले उपभोक्ताको आवश्यकता पूरा गर्छ गर्दैन, आयोजना निर्माण गर्ने पक्षलाई सन्तुष्टि हुन्छ हुदैन, नयाँ प्रविधिको प्रयोग भयो भएन जस्ता विषयको आधारमा आयोजना सफल भयो भन्ने बुझाइ हुन थालेको बताए । आयोजनाको सफलतामा परम्परागत र आधुनिक बुझाइ फरक हुदै गएकोमा उनले जोड दिए ।

पछिल्लो समय कुनै आयोजना निर्माण गर्दा आउने पहिलो प्रश्न आर्थिक लाभ हुने गरेको गरेको छ । त्यसपछि त्यो आयोजनाको आवश्यकता, देशको प्रतिष्ठाको लागि निर्माण गर्ने गरिएको देखिन्छ । तर, नेपाली आयोजनाको सबैभन्दा कमजोर पक्ष गरेको कामको दस्तावेजीकरण (डकुमेण्टेशन) नहुने उनको भनाइ छ । ‘जवकि कुनै पनि आयोजनामा यो सबैभन्दा र मूल्यवान सम्पति हो’ उनले भने ।

आयोजनाको निर्माण गर्दा त्यसको आर्थिक पाटो मात्र होइन, आयोजना निर्माणमा आउने चुनौतिबारे पनि जानकार हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, कतिपय आयोजना वित्तीय रुपमा फाइदा दिने र कतिपय आयोजना वित्तीय रुपमा नभइ अन्य तरिकाबाट फाइदा दिने खालको हुने जानकारी दिए ।

नेपालमा आयोजनाहरु राजनीतिक स्वार्थमा अघि बढ्ने अभ्यास छ । तर, त्यो आयोजना गर्दा पूर्व तयारीदेखि त्यसको क्षेत्र प्रष्ट नहुँदा समस्या आउने गरेको डा. शाहको भनाइ छ । ‘आयोजना थालनी पूर्व नै के गर्ने र के नगर्ने भन्नेमा स्पष्ट भयो भने धेरै समस्या नै आउदैन’ उनले भने । त्यस्तै, आयोजनाको जोखिम व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा उनले नेपाली इञ्जिनियरहरुलाई सुझाव दिए ।


Read Previous

इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा ८४ जना इञ्जिनियरले गरे रक्तदान (फोटो फिचर)

Read Next

अनलाइन विद्युत महसुल तिर्ने ग्राहक १० लाख, २० वितरण केन्द्रलाई इ-सेवाको सम्मान

Leave a Reply

Your email address will not be published.