Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

देशभर औद्योगिक प्रतिष्ठानमा ५ लाख संलग्न, करिब ४ लाखलाई रोजगारी


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार देशभर ६० हजार १८५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन् । ती उद्योगमा ४ लाख ९१ हजार २२७ जना संलग्न छन् ।

तीमध्ये औद्योगिक उत्पादनमा ४ लाख ४४ हजार ९६४ जना, खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४८५ जना, विद्युत, ग्याँस, बाफ तथा वातानुकुलित सेवा क्षेत्रमा २१ हजार ५९३ र पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापमा १८ हजार १८५ जना संलग्न रहेका छन् । उद्योग प्रतिष्ठानमा संलग्न व्यक्ति भन्नाले उद्योगमा सक्रिय रुपमा कार्यरत व्यवसायी तथा साझेदारहरु, वेतलवी पारिवारिक कामदाहरु र तलवी कामदार पर्छन् ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका उद्योगले नियमित रुपमा तलव, ज्याला दिनेगरी कार्यरत कर्मचारी तथा कामदारको संख्या ३ लाख ८१ हजार ६८७ रहेका छन् । यो उद्योगमा रोजगारी पाउनेको संख्या हो ।

राजगारीमध्ये औद्योगिक उत्पादनमा ३ लाख ४६ हजार १४३ जना, खानी तथा उत्खनन् क्षेत्रमा ५ हजार ७१९ जना, विद्युत, ग्याँस, बाफ तथा वातानुकुलित सेवा क्षेत्रमा १७ हजार २३८ र पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापमा १२ हजार ५८७ जना रोजागार रहेका छन् ।

राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ नाम दिइएको यस अध्ययन विभागले सन्दर्भ अवधीको रुपमा १ साउन २०७५ देखि असार मसान्त २०७६ सम्मलाई लिएको हो । यसअनुसार अध्ययन गरिएको करिब २ वर्षपछि सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो ।

कोभिड १९ को कारण समयमा तथ्यांक सार्वजनिक गर्न नसकिएको केन्द्रिय तथ्यांक विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले बताए । ‘यही वीचमा कृषि गणना र जनगणना पनि परेकाले थाती राख्नुपर्यो’ उनले भने । कोभिडको प्रभाव भने यस नजितामा देखिएको छैन ।

पहिलो पटक ४ क्षेत्रलाई समेटेर औद्योगिक सर्वेक्षण

नेपालम २०२२ सालदेखि राष्ट्रिय औद्योगिक गणना थालिएको हो । पछिल्लो पटक २०६९ मा दशौं औद्योगिक गणना सञ्चालन गरेको थियो । दशौं औद्योगिक सर्वेक्षणसम्म नेपाल स्थरीय औद्योगिक वर्गीकरणको खण्ड ‘सी’ अन्तर्गत पर्ने उत्पादनशील उद्योगहरु मात्र समेटिने गरिएको थियो ।

यसपटकको सर्वेक्षणमा भने तीन वटा क्षेत्र थप गरिएको छ । तीनमा खण्ड बी को खानी तथा उत्खनन्, डी को विद्युत्, ग्याँस, बाफ तथा वातानुकुलित सेवा र डी खण्डमा पर्ने पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक त्रियाकलापलाई समेटिएको छ ।

त्यस्तै, नेपाल स्तरीय औद्योगिक वर्गीकरणमा समावेस भएका चारै औद्योगिक क्रियाकलापहरुमा पर्ने सबै ठूला र साना उद्योग प्रतिष्ठाहरुलाई समावेस गरिएको छ ।


Read Previous

रेडियो फ्रिवेक्सीको रोयल्टी प्रदेश र स्थानीय तहलाई वितरण गर्न आयोगको सिफारिस

Read Next

एक सय रुपैयाँ कमाउन ७३ रुपैयाँ लगानी गर्नुपर्ने

Leave a Reply

Your email address will not be published.